कोशी प्रदेशबाट नेपालमा मनसुन प्रवेश : पश्चिमतिर विकसित हुँदै

1.3K

कोशी प्रदेशबाट नेपालमा मनसुन प्रवेश : पश्चिमतिर विकसित हुँदै

यस वर्षको मनसुन प्रणाली नेपालमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ कोशी प्रदेशका केही भूभागबाट मनसुन नेपालमा भित्रिएको जानकारी गराएकाे हो ।
महाशाखाका अनुसार हाल मनसुन कमजोर अवस्थामै रहेको छ र आगामी केही दिनमा देशका अन्य भूभागतर्फ विस्तार हुने सम्भावना रहेको छ । यस वर्ष नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि मनसुन निर्धारित समयभन्दा करिब ६ दिन ढिला गरि  जुन १९ मा नेपाल प्रवेश गरेको जनाइएको छ ।
कोशी प्रदेशको पूर्वी क्षेत्रसम्म सीमित रहेको मनसुनको प्रभाव पश्चिमतर्फ बिस्तारै विकसित हुँदैछ ।