बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् । निर्वाचन आयोगले राजनीतिक दल त्याग गरी अर्को दलमा प्रवेश गरेको आधारमा उनको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय सार्वजनिक गरेको हो ।
आयोगद्वारा प्रकाशित सूचनामा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र नियमावली, २०७४ बमोजिम नेपाली काँग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका ढकाल अन्य दलमा प्रवेश गरेको जानकारी प्राप्त भएपछि उनको वडा अध्यक्ष पद रिक्त भएको उल्लेख छ ।
तत्कालिन माओवादी केन्द्रका नेता ढकाल गत स्थानीय तहकाे निर्वाचनमा काँग्रेससंगकाे गठबन्धनमा रुख चुनाव चिन्हबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । आयोगकाे याे निर्णयसंगै बुटवल उपमहानगरपालिका–३ को वडा अध्यक्ष पद स्वतः रिक्त भएको घोषणा गरेको हो ।