प्रजातन्त्र दिवस :बीपीको चिन्तनलाइ लत्याउदै यूरोपका कांग्रेसीहरु

753

प्रजातन्त्र दिवस :बीपीको चिन्तनलाइ लत्याउदै यूरोपका कांग्रेसीहरु

दिपक खतिवडा

आज प्रजातन्त्र दिवस अर्थात् राणा शाशन अन्त्य भयर नेपाली जनताले निकास पायको दिन | नेपालमा विविध कार्यक्रम गरेर आज यो दिवस मनाइदै छ | प्रजातन्त्र ल्याउनमा धेरै नेताहरुको भूमिका महत्वपूर्ण रहेको छ | जसमा एक बि पी कोइराला पनि एक रहेका छन |

नेपाली कांग्रेसका एक युद्ध कोइराला देश र जनताको लागि धेरै लडे | तर देशको लागि विदेशी सामु चुक्ने काम भने कहिले पनि गरेनन | उनका विचार ,सिद्धान्त मान्नेहरु अहिले पनि भेटिन्छन तर न्यून मात्रामा | तर पालना गर्ने कांग्रेसीहरु भने निकै कम | नेपालमा राजतिनी गरेका कांग्रेसीहरु अहिले प्रवासमा जरो गाडेर बसेका छन | बिपी को सिद्धान्त लाइ निकै प्रचार प्रसार दिन्छन तर अपसोच पालना गर्ने ब्यबहारमा ल्याउने काम गर्नेको संख्या न्यून छ |

जसको पछिलो उदाहर्ण आहिले यूरोप भरी नेपाली काग्रेसको बैदेसिक संगठन जन संम्पर्क समितिको चुनिनु पर्ने महाधिवेसन महासमिति सदस्य र प्रतनिधी चयन लाइ लिन सकिन्छ | यूरोपमा भयका प्रत्यक देशमा अहिले भाडभैलो रहेको छ | बेल्जियम र पोर्चुगल त् दुइ खेमामा बिभाजन भैसकेको अवस्था पनि छ | यसले के देखाउछ भने यिनीहरु ओर्जिनल कांग्रेस होइनन तर भडुवा चाही पक्का हुन् | नेपालको संविधानले राजनैतिक अधिकार नदियको अवस्थामा लुछाचुडी गर्नुले उनीहरु यूरोपमा होइन नेपालकै कुनै गाउमा बसेर कलह गरेको आवास दिलायको छ |

यसको असर जन सम्पर्क समितिमा मात्रै होइन पवित्र सस्था मानिने गैर आवसिय नेपाली संघमा पनि समस्यामा परेको छ । दुई दिन अघी मात्रै बेल्जियम एन आर एनका अध्यक्ष गंगाधर गौतम हुन लागेको महाधिवेसन चुनावको लागि अधिबेसन प्रतिनिधी चुनिएको र महिला उपाध्यक्ष यसोदा थापा जनसंपर्क समितिको सद्श्य रहेको समाचार आए पनि सबैलाई एन आर एनको बिधान मिचेर राजनेतिक संगठनमा लागेको देख्न पाइयो । यसै गरी एन आर एन पोर्तुगलला २०१५- १७ का अध्यक्ष भिम कमल के.सी तथा सदस्य मुक्ती नारायण श्रेष्ठले जन संम्पर्क समिती पोर्तुगलको तर्फ बाट महसमितिको प्रतिनिधिको रूपमा मैदानमा उत्रिएका थिय । भलै उनीहरु छानियनन |

यूरोपमा रहेका केहि नेपालीहरु लाई पैसा कमाउन पुगे पछी मान पद सम्मान प्रतिस्ठा कामाउन तिर लाग्छन र सबै संघ संगठनमा आफ्नो हली मुली होस् र साथ साथै सबैको बीच खादा र नमस्कारको पात्र बन्न चाहन्छ । तेसैले होला एक संगठनको मात्रै मोह न पुगेर अर्को संस्थाको पनि प्रतिनिधित्व गर्न खोज्छन । आफु कुनै संगठनको जिम्मेवारी पदमा छु र त्यो संगठनको नियम र बिधान अनुसार म कुनै पनि राजनीतिक सगठनको प्रतिनिधित्व गर्ने पाउने अधिकार नभएको जान्दा जाँन्दै पनि मैदान मा  उत्रिएका छन प्रतिस्पर्धा गर्न तयार छन ।

नेपाली काग्रेसको यो महाचुनावले बेल्जियम पोर्तुगललाई मात्र नभएर स्पेन आर एन लाई पनि यो पदिए मोह र राजनैतीक मोहले तानेको छ । एन आर एन स्पेनका आइ सि सि सदस्य एक राज गिरी मैदनमा उत्रिएका मात्रै छैनन् भि आइ पि पास पाएर आफ्नो महाधिवेसन प्रतिनिधिको सीट पनि सुरक्षित गरी सकेका छन |जबकी सबैलाई थाह छ कि एन आर एन एउटा सामाजिक संस्था हो जुन संस्थाको कार्य समितिमा आउन आफ्नो राजनैतिक आवरण बहिर खोलेर आउनु पर्ने नियम हुँदा हुँदै र सबै जाँन्दा जाँन्दै पनि किन एन आर एन भित्र राजनैतीकारण गर्न खोजी रहेको छन । सम्भवत एन आर एन केन्द्रिय समितीको ध्यान संगठन भित्र भइ रहेको मनोनित प्रकारण तिर मात्रै ध्यान न गएर एन आर एन मा भइ रहेको राजनीतिकरण तिर पनि जानु पर्ने हो । बिधानको पालना नगर्नेहरुलाई कर्बाहि गरेर संगठनको जिम्मेवार पद बाट निस्कासित पनि गर्नु पर्ने हो ।

नेपाली कांग्रेशको मर्मलाई कुल्चदै अगाडी बढेका प्रत्यक कांग्रेसीहरुलाई कांग्रेशको मर्म र उपदेयता बारेमा गतिलो पाठ सिकाउनु पर्ने बेला आयको छ | समिति फुटाउनु ,विवादमा रोमिल्लिनु प्रवासमा भयका जन सम्पर्क समितिहरुको कार्य भित्र पर्दैन | अझ त्यसमा नि एन आर एन लाइ मागी खाने भाडो बनाउनु प्रजातान्त्रिक पद्धतिको नै खिल्ली उडाउने काम भयको छ | समिति सुधार तर्फ सबै लागुन !

bhim

ekraj