तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनीत भएका छन् ।पूर्वाधार विकास मन्त्रालयले नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २(घ) बमोजिम खाणलाई सञ्चालक समिति सदस्यमा मनोनीत गरेको हो ।