पश्चिम नेपाल बस व्यवसायी प्रा.लि., बुटवलले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
प्रा.लि.का अध्यक्ष दधिराम खरेलद्वारा जारी प्रेस विज्ञप्तिमा रसुवाको टिमुरे, स्याफ्रुबेंसी, नुवाकोट, त्रिशूली बजार, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गरिएको छ ।
विज्ञप्तिमा बाढीमा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै घाइते तथा प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
प्रा.लि.ले विपद्को यस कठिन घडीमा सबैलाई संयमता अपनाउन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।