गुल्मीको मदाने गाउँपालिका–२, बाँझकटेरी कोलकाटेकी भीष्मकुमारी भट्टराईको गोठमा चट्याङ पर्दा भकारामा बाँधिएको भैंसी मरेपछि गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले राहतस्वरूप आर्थिक सहयोग गरेका छन् ।
भट्टराईको गोठमा चट्याङ पर्दा अरूको पाल्नका लागि ल्याइएको भैंसी मरेको हो । गोठमा त्यसबाहेक अरु चाैपाया केही थिएनन् । भैंसी मरेपछि परिवारमा परेको आर्थिक क्षतिलाई मध्यनजर गर्दै अध्यक्ष कुँवरले पालिकाबाट आफुलाई प्राप्त हुने सुविधाकाे रकमबाट राहत स्वरुप १५ हजार रुपैंया उपलब्ध गराएका हुन् ।
अध्यक्ष कुँवरले आफूले गाउँपालिकाबाट प्राप्त गर्ने आर्थिक सुविधामध्येकाे रकम पार्टी खातामा जम्मा गर्ने र उक्त काेषबाट पालिका भित्र गरिव विपन्नकाे दु:ख अफ्ठ्याराेमा राहत प्रदान गर्दै आएका छन् ।
भट्टराईलाई उक्त रकमबाट एउटा भैंसीको पाडी खरिद गरी पाल्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष कुँवरले बताएका छन् । अध्यक्ष कुवरकाे याे कदमले विपद्का कारण समस्यामा परेका पालिकाका राहत मिलेकाे स्थानीय बताउछन्।