ओली र मोदीबीच पौने घण्टा भेटवार्ता

ओली र मोदीबीच पौने घण्टा  भेटवार्ता

kp-oli-narendra-modi.jpg

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली  र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ४५ मिनेट वान-टू-वान भेटवार्ता भएको छ। यस्तो भेटबार्तामा नै दुई देशका प्रधानमन्त्रीले महत्वपूर्ण वार्तालाभ गर्नेगर्छन्। नेपालमा संविधान जारी भएपछि भारतले किन नाकाबन्दी लगायो भन्ने अझै प्रष्ट छैन। नेपालमा प्रधानमन्त्रीको चुनाव ताका ओलीलाई हराउन भारतले गरेको चलखेलले पनि दुई देशका प्रधानमन्त्री बीच सम्बन्ध थप चिसिएको थियो। यस्तो  वान-टू-वान भेटघाटमा दुईदेशका प्रधानमन्त्रीले यी बिषयमा एक अर्कालाई प्रष्ट्याउने र आ-आफ्नो मुलुकको चासो बारे अवगत गराउने अवसर हो।नयाँ दिल्लीको हैदरावाद हाउसमा दुई प्रधानमन्त्री बीच पौने घण्टा लामो भेटघाट भएको हो। दुई प्रधानमन्त्रीको भेटघाटपछि दुई देशका प्रतिनिधि मण्डलबीच अहिले भेटवार्ता भइरहेको छ। दुई प्रतिनिधि मण्डलबीचको भेटघाटको समय लामो भएपछि दिउँसो १ बजे सुरु हुने भनिएको संयुक्त पत्रकार सम्मेलन सुरु हुन ढिलाई भएको छ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •