विपद्पछिको काम गर्न छुट्टाछुट्टै दुई समिति

1.3K

विपद्पछिको काम गर्न छुट्टाछुट्टै दुई समिति

प्राकृतिक विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा दीर्घकालीन विपद् व्यवस्थापनका लागि दुई छुट्टाछुट्टै सर्वदलीय संयन्त्र गठन गरिने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले संसद् बाहिर र संसद्भित्र रहेका दललाई समेटेर उच्चस्तरीय राजनीतिक संयन्त्र तथा संसद्भित्रका दलको प्रतिनिधित्व रहने संसदीय समिति गठन गर्ने निर्णय गरेको हो ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन् । संयन्त्रमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी र जसपा नेपाल सहभागी हुनेछन् । राष्ट्रिय जनमोर्चालाई पनि समेट्न अनुरोध गर्ने निर्णय भएको छ ।
संसदीय समिति भने संसद्मा रहेका दलको सिट संख्याका आधारमा गठन गरिनेछ । एक साताभित्र समिति गठनका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको खरेलले बताए ।
भोटेकोशी बाढीपछि लामिछानेले उद्धार, राहत र पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्र गठनको प्रस्ताव गरेका थिए । त्यसैअनुसार यसअघि भएको सर्वदलीय सहमतिलाई कार्यान्वयन गर्दै दुई संयन्त्र गठन गर्न लागिएको हो ।