नयाँ दिल्ली/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ संविधान महत्वपूर्ण उपलब्धी भएको बताउँदै सबै पक्षलाई समेटर प्रगति गर्न सु्झाव दिएका छन्।शनिबार भारतको राजकीय भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतको नेपालप्रति सधैँ असल भावना रहेको उल्लेख गर्दै नेपाली नागरिकको भावनालाई भारतले सम्मान गर्ने बताए।दुई देशको साझा हाम्रो साझा उदेश्य विकास भएको उल्लेख गर्दै उनले दुई देशको सम्बन्धका बारेमा प्रधानमन्त्री ओलीसँग विस्तारमा कुरा भएको बताए। उनले नेपालको जलविद्युत नेपालका लागि मात्रै नभएर भारतको उर्जा संकट समाधान गर्न सक्ने बताए।‘हामीले त्यसका लागि मिलेर काम गरिरहेका छौं’ मोदीले पत्रकार सम्मेलनमा भने। उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको दुई देशको सम्बन्ध नयाँ उचाईमा पुगेको बताए।मोदीले आफू र आफ्नो देशले नेपाली नागरिकको भावनाको सधै सम्मान गरेको बताए। मोदीले नेपाल र भारतको इतिहासमा आजको दिन महत्वपूर्ण रहेको बताए। मोदीले दुवै देशको साझा उदेश्य विकास भएको उल्लेख गरे।सम्बोधनका क्रममा मोदीले स्वर्गीय पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाप्रति सम्मानसमेत गरे।