मेरो भारत भ्रमण पूर्ण सफल भयोः प्रधानमन्त्री ओली

387

मेरो भारत भ्रमण पूर्ण सफल भयोः प्रधानमन्त्री ओली

oli g

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत सम्वन्धमा देखिएको असमझदारी हटाउने आफ्ना उद्देश्य पुरा भएको बताए । साथै उनले भ्रमण पूर्ण सफल भएको बताए ।

दिल्लीस्थित नेपाली दूताबासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफू सपिङ लिस्ट लिएर नभई नेपाल भारत सम्वन्धमा देखिएको असमझदारी हटाउन भारत आएको बताए । उनले भने-म सन्तुष्ट छु र मेरो भारत भ्रमण पूर्ण सफल भयो ।’धानमन्त्री ओलीले छिमेकी मुलुक भारतका जायज चासो र चिन्तालाई सम्बोधन गर्न नेपाल सरकार तयार रहेको बताए ।

संविधान जारी भएको छोटो समयमा नै संशोधन गर्नुले आफूहरु लचिलो भन्ने प्रमाणित भएको भन्दै उनले जायज माग सम्बोधन हुने बताए । मधेसी मोर्चाका नेताले फेरि नाकाबन्दी गर्छु भनेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘यहाँबाट गएपछि हामी सोध्छौं कि बेखुसी ।’आफूहरु उनीहरुको कुरा सुन्न खुला रहेको र जायज माग सम्बोधन गर्न तयार रहेको उनले बताए ।नेपालप्रति भारत सरकार, राजनीतिक दल र जनता सकारात्मक पाएको समेत उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा भ्रमणमा गएको र राष्ट्रपति भवनमा बसेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, हामीलाई गरेको स्वागतमा पनि त्यो झल्कियो ।’यसअघि पत्रकार सम्मेलनमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले पनि दुई देशमा देखिएको असमझदारी अन्त्य भएको र नेपाल भारत सम्वन्ध पुरानै ट्रकमा फर्किएको बताए ।