१३औ महाधिवेसन:जन सम्पर्क समिति पोर्चुगल फुट्यो,महाधिवेसनमा जानेको संख्या १३ पुग्यो

337

१३औ महाधिवेसन:जन सम्पर्क समिति पोर्चुगल  फुट्यो,महाधिवेसनमा जानेको संख्या १३ पुग्यो

लिस्वन/पोर्चुगल

नेपाली कांग्रेसको १३औ महाधिवेसन नजिकिदै जादा जन सम्पर्क समिति पोर्चुगलमा फाटो आयको छ | अहिले सम्म एकछत्र राज गरेको पूर्ण हमालको गुटबन्दीले अहिले फेल खायको हो | पूर्ण हमाल लगायतको टोलि सर्वसम्मत भन्दै महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य को नामावली निकालेपछि भने यो तिकडम झन् कडा रुपमा अगाडी बढेको थियो |

हिजो लिस्वनमा भयको अर्को पक्षको कार्यक्रममा कार्यसमितिबाट आफै उम्मेदवार र आफै मतदाता भएर गरेको निर्णय विधान सम्मत नहुने हुदाँ त्यो स्वत: बदर हुने सबैलाई प्रस्ट पारीयको छ | आयोजकलाइ आधार मान्ने हो भने हिजोको निर्णयमा ३ सय बढी क्रियाशील सदस्यहरुले समर्थन जनायका थिय जुन बहुमत भन्दा केहि बढी संख्या देखिन्छ | रानाभाट पक्षका अनुसार पोर्चुगलमा अहिले ५ सय २३ क्रियासिल सदस्य रहेका छन |

रानाभाट समुहले आपत्ति जनायर अर्को बैठक डाक्ने भनेपछि भने हमाल पक्षधर केहि पछि हटेको बुझ्न आयको छ |’हामीले बैठक तय गरेपछि पूर्ण हमालले कति संख्या चाहियो आउनुस मिलेर जाउ भन्नु भयको थियो |’पुर्व उपाधक्ष्य खेमराज रानाभाटले भने’हामी प्रक्रियामा गयको हुदा त्यस्तो कुनै सहमति नमान्ने अडानमा थियौ |’

हिजो भयको प्रतिनिधि चयनलाई लियर जन सम्पर्क समिति पोर्चुगलले आफ्नो विरोध जनाइसकेको छ | रानाभाटको समुहले गरेको कार्यक्रम वैधानिक नभयको र मान्यता नपाउने जिकिर समेत बिज्ञप्ति मार्फत जनाइसकेको छ | उता महासमिति सदस्यमा चुनीइसकेका पूर्ण हमालले रानाभाट समुहको कार्यसैली पूर्ण रुपमा  सस्थाको बदनाम गर्ने नियतले गरेको हुदा आपत्ति रहेको जनायका छन |हिजोको कार्यक्रमलाई आफु मनोनित भए ठीक अरु भए बेठिक भन्ने पुर्वाग्रही मनस्थिती बोकेका ब्यक्तिले गरेको बतायका छन |

हिजो सम्पन्न अर्को पक्षको भेलाले क्रियाशील सदस्यको भेलाले महासमिति सदस्यमा मुक्तिनारायण श्रेष्ठ, खेमराज रानाभाट र राज कुमार गौतमलाई चयन गरेको छ । समितिका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा स्वत : पदेन महाधिवेशन प्रतिनिधि रहने हुदाँ अन्य तीन जना महाधिवेशन प्रतिनिधिमा धन बहादुर बयालकोटी, शिव प्रसाद अधिकारी र डियर लोहनीलाई छनौट गरेको छ ।