सरकारले छठ पर्वका अवसरमा आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि कात्तिक २९ गते आइतबार छठ पर्वका लागि सार्वजनिक बिदा दिइसकेको सरकारले पर्वको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले सोमबारसमेत सार्वजनिक बिदा दिने जनाएको छ ।
