एमाओवादी निष्कर्ष- सरकारले जनचाहना अनुसार काम गर्न सकेन

1.3K

एमाओवादी निष्कर्ष- सरकारले जनचाहना अनुसार काम गर्न सकेन

mao office

काठमाडौं ,फागुन । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको एकीकृत माओवादी स्थायी कमिटीको बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको हो ।बैठकले काममा भइरहेको ढिलासुस्ती हटाउन, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गरी सरकारलाई गतिशील बनाउन सुझाव दिएको छ । आफ्नै दलबाट सरकारमा सहभागी नेताहरुलेसमेत प्रभावकारी काम गर्न नसकेको ठहर बैठकले गरेको हो ।बैठकपछि एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले पार्टी र सरकारका कामकारबाहीका बारेमा समीक्षा भएको जानकारी दिए । बैठकमा सबै प्रदेशका प्रतिनिधिहरुले सरकारका कारण पार्टी बदनाम भएको बताएका थिए ।उनीहरुले सरकारले आफ्ना काममा सुधार नगरे पार्टी झन् बदनाम हुनेतर्फ सचेत रहन नेतृत्वलाई दिएका थिए । बैठकले पार्टीका जिल्ला र केन्द्रस्तरमा रिक्त पदमा मनोनयन गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयलाई दिने निर्णय गरेको छ ।