केपी-विद्या भेट : पार्टी संगठन र निर्वाचनबारे छलफल

1.3K

केपी-विद्या भेट : पार्टी संगठन र निर्वाचनबारे छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा दुवै नेताबीच पार्टीका गतिविधि, संगठनात्मक अवस्था र आसन्न निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
करिब सवा घण्टा चलेको भेटवार्ता एक्लाएक्लै भएको थियो । स्रोतका अनुसार अध्यक्ष ओलीले छलफलका लागि भण्डारीलाई गुण्डुस्थित निवासमा बोलाएका थिए । तर, भण्डारीले च्यासलमै भेट्ने प्रस्ताव गरेपछि पार्टी केन्द्रीय कार्यालयमा भेट भएको हो ।
सक्रिय राजनीतिमा फर्किएपछि वरिष्ठ नेताको हैसियतमा रहेकी भण्डारीले पार्टीका निर्णय र गतिविधिमा चासो राख्दै आएकी छन् ।