कांग्रेसको महाधिवेशन: ‘युवाहरू नेतृत्वर्गमा र अरुलाई अभिभावकको भूमिका’

713

कांग्रेसको महाधिवेशन: ‘युवाहरू नेतृत्वर्गमा र अरुलाई अभिभावकको भूमिका’

उत्तम घिमिरे /जर्मनी

नेपाली जनताले भर्खर मात्र लामो संघर्ष र वलिदान पश्चात आफुले चुनेका जनप्रतिनिधिहरूद्वरा निर्मित संविधान प्राप्त गरेका छन् । सार्वभौम सम्पन्न संविधानसभाको ९० प्रतिशत भन्दा धेरैको नेपालीहरुको साथ र समर्थनबाट प्राप्त गरेको छ ।

नेपालको संविधानलाई प्रजातन्त्रमा विशवास गर्नेहरूले विश्वकै एक उत्कृष्ट संविधानको रुपमा व्याख्या गरेको पाइन्छ | नया संविधान कार्यान्वयन गर्ने समयमा मधेशका केहि सिमित पक्षबाट संविधान सभाबाट असंवैधानिक भन्दै असहमती जनाउादै लामो समयसम्म विभिन्न किसिमका आन्दोलनहरू गरे | अन्नत नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय शुसिल कोइरालाको अग्रसरतामा विभिन्न चरण वार्ताहरू भय | आन्दोलनरत पक्ष वार्ता र संवादबाट अगाढि बढ्ने मनसायबाट आफ्नो जारी आन्दोलनलाई संस्थागत गरी एकाएक राजधानी आए तर त्यसको केही दिन वित्न नपाउदै संविधानका पिता नेपाली कांग्रेसको तत्कालिन सभापती शुसिल कोइरालाको आकस्मिक निधन भयो र नेपाली जनताले एक सच्चा देशप्रेमी निश्चल नेतालाई गुमाउन पुगे ।

कांग्रेसको महाधिवेशनको समयमा आफ्नो नेताले जारी गरेको संविधानलाई कार्यान्वयन गर्नुपर्ने समयमा आएर उहााको निधनले संविधान कार्यान्वयनमा कतै समस्या त् आउदैन भन्ने प्रश्न सम्पूर्ण नेपालीहको मन मष्तिस्कमा रहेको छ । नेपालको सबै भन्दा ठूलो पार्टी नेपाली कांग्रेसको महामेला (महाधिवेशन) को मुखमा र संविधानलाई कार्यान्वयन गर्ने समयमा आएर उहााको निधनले नेपाली कांग्रेस भित्रमात्र नभएर सम्पूूर्ण नेपालीहरूको एक सच्चा देशभक्त छोरोको अभाव भएको छ ।

महाधिवेशनको संघारमा भएको उहााको निधनले नेपाली कांग्रेस भित्र कतै विचलन त आउदैन भनेर विश्व भरि रहेको कांग्रेसजनहरूले महाधिवेशनलाइ प्रतिक्षा गरेर वसिररहेका छन् । अव महाधिवेशनबाट आउने नेतृत्वले संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षलाई समेट्न सक्ने र देशलाई राम्रोसंग हाक्नसक्ने हुनु पर्दछ । नेपालको राजनीतिक मागलाई हेर्दा कांग्रेसको महाधिवेशनबाट जो सभापति हुन्छ उ प्रधानमन्त्री हुने निश्चित छ| त्यसैले अव आउने नेतृत्व युवामूखी  र देशलाई सही दिसा दर्शाउन सक्ने ,युवाहरूलाई अगाडी र बुढालाई अभिभावकको भूमिका निर्वाह गरी देशलाई हाक्नसक्ने नेतृत्व विकास गरौ  |

अब आउने नेतृत्वले जारी भएको सम्बिधान लाई कार्यान्वयन गर्ने जिम्बेवारी त छँदै छ अर्को तर्फ बर्षौ देखी हुन नसकेको स्थानीय निकायको चुनाब गराउनु देखी लिएर आफ्नै पार्टी को भात्री सँगठन को महाधिवेसन सम्म गर्नु पर्ने गहन जिम्बेवारी रहेको छ । देशको एउटा पुरानो अनि प्रजातान्त्रिक पार्टीको भात्री सँगठन हरुमा मा वर्षौ देखी महाधिवेसन हुन सकीरहेको छैन जसले गर्दा सबैमा कांग्रेसलाई आफु प्रजातन्त्र को पक्षपाती भन्न पनि सुहाउने नदेखिएको भान हुन्छ ।

यो महाधिवेसन को सफल समापन को सँगसंगै कांग्रेस शहर मुखी पार्टी होईन ‘प्रत्यक गाउ – गाउ मा कांग्रेस ठाउँ ठाउँ मा कांग्रेस ‘भन्ने अभियानका साथ सँगठन लाई अझै मजबुत बनाउदै दुर दराज मा रहेका कार्यकर्ताको भावनालाई समेट्दै अगाडी बड्नु पर्दछ जबकी कांग्रेस अझ बुलन्द होस । गुठ र उपगुठ्को राजनीतीलाई अन्त्य गर्दै सबल र सुद्रिढ नेतृत्व चयन गर्नु नै आजको आवस्यकता हो । त्यसैले बी पी को सछ अनुयायी हुँदै कांग्रेसलाई प्रजातन्त्रमा बिश्वास गर्ने हरु को आस्थाको केन्द्रको रुप मा बिकास गर्दै सबल नेतृत्वको परिकल्पना गर्ने अन्कल्प गरौ । शुभकामना छ सम्पूर्ण कांग्रेस जन हरुमा ।
जय नेपाल !