
काठमाडौं–सभापति सुशील कोइरालाको निधनपछि पहिलोपटक बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा कोइरालाको मृत्यु शंकास्पद र अस्वाभाविक भन्दै छानविन गर्न माग गरिएको छ।
केन्द्रीय सदस्य सुर्यमान गुरुङले सभापतिको मृत्युमा मौनता साँधेर बस्न नसकिने भन्दै उनले पार्टी र सरकारको तर्फबाट छानविन हुनुपर्ने आवाज उठाए। गुरुङको भानाइमा हो मा हो मिलाउँदै केन्द्रीय सदस्य बालकृष्ण खाँड र गोबिन्द भट्टराईले मृत्यु अस्वाभाविक रहेकोले छानविन नगरेर चुप बस्नु नहुने मत राखेका थिए।
अर्का केन्द्रीय सदस्य शेखर कोइरालाले महत्वपूर्ण विषयमा पदाधिकारी बैठकले निर्णय लिने गरेको परम्परा अनुसारनै यो बिषय पनि गम्भीर रहेको भन्दै पदाधिकारी बैठकबाट निर्णय हुनुपर्ने बताएका थिए।
यद्यपि यस विषयमा कुनै निर्णय भने भएन। बैठक आगामी बिहीबार बस्नेगरी स्थगित गरिएको छ।