मोदीको गृहराज्य गुजरात पुगे प्रधानमन्त्री ओली

193

मोदीको गृहराज्य गुजरात पुगे प्रधानमन्त्री ओली

KP-Oli1काठमाडौं । भूकम्पपछिको पूनःनिर्माणको अवलोकन गर्न भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली गुजरातको भुज क्षेत्र पुगेका छन् ।आज दिउँसो भुज पुगेका प्रधानमन्त्री केपी ओली लगायतको नेपाली टोलीलाई बिमानस्थलमा भव्य स्वागत गरिएको थियो ।उनको स्वागतमा गुजरातको परम्परागत झाँकी प्रदर्शन गरिएको थियो । गुजरातकी मुख्यमन्त्री आनन्दीबेन पटेलले प्रधानमन्त्री ओलीको स्वागत गरेकी थिइन् ।नेपालमा पनि भूकम्पपछिको पुनर्निर्माणको प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री ओलीले भुज क्षेत्र अवलोकन भ्रमण गरेका हुन् । प्रधानमन्त्री ओलीले राज्यका गभर्नर, मुख्यमन्त्री आनन्दीबेन लगायतसँग भेट गरी पुनःनिर्माणबारे जानकारी लिएका छन् ।गुजरात भ्रमणपछि प्रधानमन्त्री ओली मुम्बइ जाने कार्यक्रम छ । मुम्बइमा उनले उद्योगी व्यवसायी र बलिउडका कलाकारहरुसँग भेटघाट गर्ने छन् । ६ दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बुधबार नेपाल र्फकने कार्यक्रम छ ।४६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही फागुन ७ गते भारतको औपचारिक भ्रमणमा गएका थिए ।