बेल्जियम दुतावासले एन आर एन केन्द्रिय सचिवलाइ माग्यो स्पस्टिकरण

417

बेल्जियम दुतावासले एन आर एन केन्द्रिय सचिवलाइ माग्यो स्पस्टिकरण

ब्रसेल्स/बेल्जियम

विगतमा नेपाल फेस्टिबलको रुपमा सम्पन्न ‘आसेण्टा’मेलाको अनियमितताको बारेमा छानबिन हुने भयको छ |जसमा त्यतिखेरका मेलाका संयोजक तथा अहिले एन आर एन केन्द्रिय सचिव अर्जुन कुमार श्रेस्ठ र उनको समुहलाई छानबिनको दायरामा  एन आर एन बेल्जियमले ल्याउने भयको हो |

नेपालि दुताबास   बेल्जियमले  एसेण्टा मेलाका संयोजक अर्जुन कुमार श्रेस्ठलाइ पत्राचार गरिसकेको जनायको छ | उपनियोग प्रमुख घनश्याम भण्डारीले मेला सम्बन्धि  सम्पूर्ण प्रतिवेदनको लागि   पत्राचार गरेको बतायका थिय | तर श्रेस्ठले त्यतिखेरकै प्रतिवेदन पठायको प्रस्ट पारीयको थियो |

सोमबार लुभेनमा नेपाली मेला २०१६” को तयारीका लागी एन आर एन, बेल्जियमको सम्पन्न भयको बैठकमा अधिकांस सहभागीहरुले उक्त मेलामा अनियमितता भयको र सहि कुरा अहिले सम्म बाहिर  आउन नसकेकोमा आक्रोश प्रकट गरेका थिय | मेलाको समापन पछि कुनै पनि भेला सहि तरिकाले नगरियको ,समिक्षा कार्यक्रम अर्थपूर्ण नरहेको र आर्थिक हिसाब किताब अपुरो रहेको त्यतिबेलाका सहभागी हरुले खुलासा गरे |

कार्यक्रमबोल्दै नेपाली ब्यबसायी संघ बेल्जियमका निवर्तमान  महासचिव तथा एन आर एन बेल्जियमका महासचिव लोक दाहालले त्यति खेरमानव तस्कर नै भयको सबैको अगाडी बताय | उनका अनुसार त्यतिखेर नै आफुले विरोध गरेको तर सबैले उहालाई दोषी देखेर स्पस्टिकरण मागेका थिय | ‘मेलाकै दिनमा  लुभेनमा १२ लाख तिरेर आयको ब्यक्ति भेटायौ र भेट्यौ |  निवर्तमान अधक्ष्य हरि थपलिया पनि हुनुहुन्थ्यो | हरी जी लाइ मैले यो कुरा उठायर कारबाहीको प्रक्रिया अगाडी बढाउनु पर्दछ भने तर उहाले मान्नु भयन |’दाहालले बैठकमा भने ‘एसेंटा मेलामा मानव तस्कर भयको छ यो झुट कतै पनि लुकायर लुक्दैन |’

बेल्जियमको गेण्टमा दस दिन सम्म चलेको एसेन्टा मेलामा सहभागि हुन आएका ब्यवसायिहरु स्टलनै छोडी यूरोप तिरै लुकेको बिषयले त्यतिखेर पनि संचार माध्यममा निकै चर्चा पाएको थियो । लगभग २७ जना ब्यक्तिहरु स्टल छोडेर भागेको र ति ब्यक्तिहरुले ठुलो धनराशी बुझाएर मेलामा सहभागी भएको सहभागीहरुले बताउदा पनि सो बिषयमा कुनै संस्थाहरुले औपचारीकरुपमा बोल्न सकेका थिएनन । अहिले “नेपाली मेला २०१६” को ब्यवस्थापनको बैठकमा यो बिषयले प्रबेस मात्रै पाएन छानबिनको माग समेत गरेको छ |

एसेंटा मेलामा  मानव तस्कर गर्ने र आर्थिक अनियमितता गर्नेहरुलाई छानबिन गर्दै कारबाहीको लागि  एन आर एन, बेल्जियमले समिति बनायको छ ।सोहि अनुसार एनआरएन बेल्जियमले एन आर एन भूपू अध्यक्षहरु जानकी गुरुग र प्रेम गुरुगं, भिम जोशी भुतपुर्ब उपाध्यक्ष ,अहिलेका उपाधक्ष्य पदम गुरुगं , महासचिव लोक दाहाल, रहने गरी संयूक्त छानबिन समिती बनाएको छ ।  छानबिन समितिलाई छिटो भन्दा छिटो आफ्नो काम अघि बढाइ आवस्यक काम कारवाही गर्न र गैर आवासिय नेपाली संघ बेल्जियमलाइ सुचित गर्न निर्देश गरेको छ।