बेल्जियममा फेरी ब्युझियो ‘एसेण्टा’काण्ड ,के भन्छन त्यतिखेर आयका सहभागीहरु ?

1.2K

बेल्जियममा फेरी ब्युझियो ‘एसेण्टा’काण्ड ,के भन्छन त्यतिखेर आयका सहभागीहरु ?

ब्रसेल्स/बेल्जियम

सन् २०१३ मा सम्पन्न ‘एसेण्टा’मेलाको ढिलै भयपनी छानविन हुने देखियको छ | त्यतिखेर नेपाल बेल्जियम दौत्य सम्बन्धको ५०औ वर्षगाठको अवसर पारेर गरियको सो कार्यक्रम सोचे जति फलदायी चाही हुन् सकेन | फाइदा केवल ति व्यक्तिले लिय जसले नेपालदेखि मोटो रकम लियर यूरोप सम्म नेपालीहरु छिरयाउन सके |

त्यतिखेरको मुद्धा अहिले फेरी ब्युझियको छ | जसको लागि छानबिन कमिटि नै बनाईयको छ भने छानबिन पछि दोषी उपर कारबाही गर्ने र सत्य तथ्य बाहिर ल्याउने जनाइयको छ | उक्त कार्यक्रममा आयकाहरु विमानस्थल बाटै भागेको भन्ने त्यतिखेर नै आयको थियो तर बेल्जियममा रहेका कहिले त्यसलाई मेडिया प्रोपोगान्डाको संज्ञा मात्रै दियका थिय | नेपाल बाट प्रकाशित जन आस्था साप्ताहिकमा समेत यो समाचारले महत्वपूर्ण स्थान पायको थियो |

यहि अनियमितता र मानव तस्करीलाई लियर कुसकुमार जोसी विरुद्ध अख्तियारमा समेत उजुरी  परेको थियो | मुद्धाको नतिजा बारे अहिले सम्म बाहिर आउन सकेको छैन | मेलाका संयोजक अर्जुन कुमार श्रेस्ठ लगायतले त्यसमा दलाली गर्दै ठुलो रकम कुम्लायाको धेरै नेपालीहरुको आरोप रहेको छ |

यसै विषयमा पोर्चुगलमा रहेका केहि नेपालीहरुले उक्त मेलामा आयकाहरु लिस्बन आयर पनि कागज बनाई सकेको प्रस्ट बतायका छन | नाम नलेख्ने सर्तमा उनीहरुले भने ‘त्यति खेर मानव तस्कर भयकै हो | त्यतिखेर आयका अहिले यहाको रेसिडेन्सी बनेर बसेका छन | आयोजक मौलायको कारण त्यही नै हो |’..

त्यतिखेर आयका ब्यक्तिहरुको हामीले अडियो रेकर्ड गरेका थियौ |जुन माथि सुन्न सक्नुहुनेछ | उनीहरुले आयको र भागेको स्वीकार गरिसकेका छन | के अब पनि उक्त कार्यक्रममा आर्थिक अनियमितता र मानव तस्करी नभयको जिकिर गर्न मिल्ला र?

अर्को तर्फ नेपाली दुतावास बेल्जियमले २ वर्ष पछि आयर मात्रै प्रतिवेदन देउ भन्दै मेलाका संयोजक रहेका अर्जुन कुमार श्रेस्ठलाइ पत्र पठायको छ | अहिले सम्म नेपाली दुताबास बेल्जियमले के हेरेर बसेको थियो?बिभिन्न संचार माध्यममा समाचार आइसकेपछि त्यतिखेर नै केरकार किन गर्न सकेन ? यस बारेमा दुताबास केहि बोल्न चाहेन | कुनै जमघटमा राजदुत राम मणि पोखरेलले अर्जुन श्रेस्ठ आफु संग निकट रहेको र उक्त मेला पछि अन्य कार्यक्रम मार्फत बेल्जियममा ‘कुटनैतिक’ नाता गासि फाइदा लियको पनि खोलेका थिय | अहिले पछि उनीहरुको सम्बन्ध केहि चिसोपन आयको सुन्नमा आयको थियो | कतै यहि चिसो पनका कारण दुतावासले श्रेस्ठलाइ पत्र पो काट्यो कि?संका गर्ने धेरै बाटाहरु देखिन्छन |

जे होस् यो मुद्धा फेरी शशक्त रुपमा बेल्जियम समाजमा उठेको छ | अब बन्ने समितिले सही तरिकाले निस्पक्ष छानबिन गर्नुपर्दछ | दोषीलाई लाइ निर्दोष र निर्दोषलाई दोषी देखायको खण्डमा समितिको अस्तित्व उत्तिकै धरापमा पर्ने पनि निश्चित रहेको छ | यसतर्फ एन आर एन बेल्जियमले बेलैमा ध्यान दिओस |

त्यतिखेर प्रकाशित समाचार लिंकहरु

मानव तस्करीमा महासंघका महारथी

एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास

बेल्जियमको अन्तर्राष्ट्रिय मेलामा भ्रस्टाचार, ठगि वा मानव ओसारपसारबारे नेपालप्लसको प्रश्न र संयोजकको जवाफ

यि मध्ये को को हुन् त दलालको फन्दामा परेका नेपाली ?

अन्तर्राष्ट्रिय मेलामा आएका नेपाली बिमानस्थलबाटै फरार