कांग्रेस रुपन्देही ४ मा पदहस्तान्तरण,पार्टिलाई एक ठिक्का बनाएर लैजानु पर्नेमा जोड

659

कांग्रेस रुपन्देही ४ मा पदहस्तान्तरण,पार्टिलाई एक ठिक्का बनाएर लैजानु पर्नेमा जोड

hariबुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र न ४ क्षेत्रिय समितिको पद हस्तान्तरण कार्यक्रम आज बिहिबार बुटवलमा सम्पन्न भएको छ । क्षेत्रिय समितिका
सभापती हरि वहादुर क्षत्रीले नव निर्वाचित क्षेत्रिय समितिका सभापती हरि लम्सालई पद हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले पार्टिका हरेक निकायमा निर्वाचित भएर आएको नेतृत्वले सबैलाई एक बनाएर लैजानु पर्ने चुनौती रहेको बताए
। पार्टिलाई सफल र प्रतिपक्षीहरुसंग प्रतिशपर्दा गर्ने बनाउनक लागि पार्टिको आन्तरिक प्रतिशपर्दालाई बिर्सेर अघि बढनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नवनिर्वाचित सभापती हरि लम्सालले सबैलाई साथमा लिएर अघि बढ्ने बताउदै रुपन्देहीको क्षेत्र न ४ मा पार्टिलाई शशक्त बनाउनका लागि निरन्तर क्रियाशिल रहने बताए । सो अवसरमा पुर्व सभापती हरि वहादुर आचार्य क्षुत्रीले पार्टिमा सहज वातावरण छ भन्ने प्रमाण पदहस्तान्तरण कार्यक्रम भएको भन्दै पार्टि भित्र कसैको पनि कोही प्रतिद्धन्दी नरहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला नेताहरु युवराज गिरि, राम वहादुर कार्की, फडिन्द्र शर्मा, जनक कोईराला, माया गौतम, मुक्ती अधिकारी लगायतले बोलेका थिए ।