दुर्गा वहादुरको सम्झनामा शोक सभा

506

दुर्गा वहादुरको सम्झनामा शोक सभा

congress-flagबुटवल । नेपाली कांग्रेस सालझण्डी गाउ समितिका पुर्व सभापती दुर्गा वहादुर थापाको निधन भएको ९औ दिनको पुण्य तिथिमा आज बिहिबार
शोक सभा सम्पन्न भएको छ ।शोक सभामा बोल्ने वक्ताहरुले थापाको निधनले सिंगो पार्टिलाई निकै ठुलो क्षती पुर्याएको बताउदै उनको अभाव पुरिपुर्तिका लागि धेरै समय लाग्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले दुर्गा वहादुर थापा जस्तो निरन्तर क्रियाशिल व्यक्तीको निधनले रुपन्देहीको नेपाली कांग्रेस स्तव्ध् बनेको बताए ।

उनले थापाले पार्टिलाई अघि बढाउनका लागि थालेका कामलार्य परा गरि अघि बढेमा मात्र उहां प्रति सच्चा श्रदाञ्जली अपर्ण हुने बताए । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सदस्य फडिन्द्र शर्मा, तारा वेल्वासे, नेकपा एमालेका नेता मिन प्रसाद घिमिरे, कांग्रेस क्षेत्रिय कोषाध्यक्ष हरि प्रसाद पोख्रेल, लोकमणी भट्टराई, खानेपानी उपभोक्ता समितिका इन्द्र वहादुर राना लगायतले बोल्दै थापा राजनितिक मात्र नभएर समाजिक व्यक्तीत्व पनि रहेको चर्चा गरेका थिए ।