बिक्रम खड्का-
बुटवल,फागुन । चार छोरीका बाबु आमा बनिसकेको रोल्पाका तेजमान र ललिता विष्ट एउटा छोराको आशामा थिए । छिमेकी र आफ्न्तले समेत स्थायी परिवार नियोजन गर्नु पर्ने सुझाई रहेपनि उनिहरुको भित्री इच्छा अझै एउटा छोारा जन्माउनु थियो । त्यसो त आर्थिक अवस्थाका कारण पनि पांच सन्तान उनिहरुका लागि चुनौती थियो । छोारको आशामा चार छोरी जन्माए सकेका ललिता र तेजमान जव पांचौ सन्तानका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आए, उनिहरुको बषौं सम्मको प्रार्थना इश्वर ले त सुने तथ एउटा मात्र होईन उनिहरुलाई एकै चोटी ३÷३ जना छोरा दिए ।
हिन्दीको उखान –‘जव उप्परवाला सुन्ताए तो छप्पर फाडकर देताए’ भने जस्तै उनिहरुको माग त प्राप्त भयो जो आवश्यक भन्दा पनि बढि बन्न पुग्यो । छोराका लागि १५ बर्षदेखि यचना गर्दै आएका विष्ट अहिले हांस्नु न रुनु जस्तै भएका छन् । उनिहरु अव एकै चोटी ७ सन्तानका अभिभावक पनि बनेका छन् । शुक्रबार मध्यान्न झण्डै १५ मिनेटको अन्तरालमा लुम्बिनी अञ्चल अस्पतालमा ललिताले तिन छोरालाई जन्म दिएकी हुन् । अस्पतालका डा अनुपा थापाको टिमले गरेका अप्रेशनबाट तिन शिशुको जन्म भएको हो ।
अहिले आमा र बच्चा को स्वाथ्य पुर्णरुपमा ठिक रहेको बताउदै डा थापाले समाजमा छोराका लागि पटक पटक सन्तानको रहर गर्दा को यो पनि एउटा उदाहरण रहेको बताईन् । अझै पनि समाजमा छोरा पाउनका लागि पटक पटक गर्भ राख्ने गरेको अनुभव सुनाउदै डा थापाले ४÷४ वटा छोरी हुदां पनि छोरा नै चाहिने बाबु आमालाई अहिले समस्या परेको बताउनु भएको छ । छोरा जन्मिएको मा खुशी हुनुको सट्टा अहिले विष्ट दम्पती गांईको दुघ थुक्नु न निल्नुको अवस्थामा पुगेका छन् ।
तिवटा सन्तान हुकाउन तथा तिनको पालन पोषण गर्न समस्या त छ नै यसअघि ४ वटा सन्तान भैसकेकाले पनि उनिहरु सबैको हेरचाहका लागि चुनौती रहेको छ । उनिहरु रोल्पाको जयमा कसला गाविसका स्याथी बासिन्दा हुन् । तिन मध्ये एक जनाको तौल २ किलो भए पनि दुई वटाको भने एक किलो ५ सय ग्राम रहेको छ ।