भैरहवामा एमालेको जनसभा, संविधानले सबैलाई न्याय गरेको छ-ओली

1.3K

भैरहवामा एमालेको जनसभा, संविधानले सबैलाई न्याय गरेको छ-ओली

olii

भैरहवा,फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संविधानले कुनै समुदाय प्रति कुनै प्रकारको असामनता, भेदभाव नगरिएको बताएका छन । आफुले भारत भ्रमणको क्रममा पनि त्यसतो प्रतिक्रिया पाएको उनले बताए ।
नेकपा एमाले अञ्चल कमिटी लुम्बिनी द्धारा आयोजित जनताको संविधान जनताको माझ भन्ने कार्यक्रमको प्रचार प्रसार गर्न भैरहवामा आयोजित बिशाल आमसभालाइ सम्बोधित गर्दै प्रधानमन्त्री ओलीले जारी संविधान पछाडी परेका समुदायलाई अगाडी ल्याउन बिशेष ब्यावस्था समेत गरिएको बताए । जारी संविधानको कारण केही राजनैतिक स्वार्थ राख्ने ब्यक्तिहरुलाई छटपटि भएको टिप्पणी गर्दै ओलीले मधेश केन्द्रित दलले मधेशी जनतामा भ्रम फैलाउने काम मात्र गरेको दावी गरे । “संविधानले के दियो? केही दिएन” भन्दै मधेशी दलले आम मधेशी जनतामा भ्रम छरिरहेको बताउदै उनले संविधानले जनतालाई दाल भात नदिई अधिकार सुनिश्चित गरेको मधेशी जनतालाई बुझाउन आवश्यक रहेको बताए ।
भैरहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा राम्रो आतिथ्यता, ब्यावहार तथा सम्मान पाएको बताए । उनले भारतले बराबरको हैसियत दिएको समेत बताए ।
एमाले लुम्बिनी द्धारा आयोजित उक्त आमसभामा अर्थमन्त्री बिष्णु पौडेल, उद्योग मन्त्री सोम प्रसाल पाण्डे, खेलकुद मन्त्री सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए ।
अमसभामा रुपन्देही बाहेक नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी लगायतबाट कार्यकर्ता तथा नेताहरु सहभागी भएका थिए ।
यसै बिच एमालेको कार्यक्रम बिथोल्न मधेशी मोर्चाले रुपन्देही बन्दको आव्हान गरे पनि बन्दको प्रभाव परेन । प्रहरीको कडा सुरक्षाका कारण कार्यक्रममा ककुनै अप्रिय घटना हुन पाएन ।