बेल्जियममा सम्पन्न ‘एसेण्टा’ काण्डले शशक्त रुप लिदै गर्दा थप प्रमाण स्वरुपका कुराहरु बाहिर आयका छन | यो काण्डमा मुख्य आरोपित मानियका एन आर एन सचिव समेत रहेका अर्जुन कुमार श्रेस्ठको केहि गल्तिहरु बाहिर आयका हुन् |
लुम्बिनी अनलाइनलाइ प्राप्त सूचना अनुसार श्रेस्ठले सन् २०१३ मै डेनमार्क निवासी गिर्वाणराज तिमिल्सिना संग मिल्दै सुबेदी थरका एक नेपाली युवालाई डेनमार्क झिकायको खुल्न आयको छ | नेपाल स्थित डेनमार्क दुताबासको पत्र अनुसार तिमिल्सिनाले सुबेदी थरका ति युवकलाई ३० दिने पर्यटक भिषामा डेनमार्क छिरायका थिय | तर पछि उनि बेल्जियम आइपुगे | बेल्जियम रहदा अर्जुनले नै काम लगाईदियको र अहिले बेल्जियम बाहिर रहेको स्रोतको दाबी रहेको छ |यसमा अर्जुन श्रेस्ठ र तिमिल्सिनाको मिलोमतो रहेको स्रोत बताउछ |
स्रोतका अनुसार कुरा यस्तो छ ;
अर्जुन कुमार श्रेस्ठले सुरुमा गिर्वाणलाइ नै भिजिट भिषामा डेनमार्क झिकाय| भिजिट भिषामा आयका उनले पछि त्यहिको स्थाई बसोबासको कागज पनि प्राप्त गरे | त्यसपश्चात उनले आफ्नो माध्यमबाट अरुलाई मोटो रकम लियर नेपाल बाट मान्छे ल्याउने काम गरे | जसमा नेपाल स्थित डेनमार्क दुतावासका कर्मचारीको मिलोमतो रहेको थियो | यसै क्रममा सुबेदी आय | सुबेदी आयको रकममै अर्जुनले आफ्ना दाजुलाई डेनमार्क झिकाय| ग्रिवाणराज तिमिल्सिना लाइ बढी मान्छे ल्यायको आरोपमा डेनमार्क सरकारले सन् २०१४मा नेपाल डिपोट गर्यो | अहिले उनि नेपालमा अस्पताल खोलेर बसेको र त्यसमा अर्जुन श्रेस्ठको पनि केहि लगानी रहेको स्रोतको दाबि रहेको छ |
‘एसेण्टा’ काण्डमा आरोपित मानियका एन आर एन सचिव अर्जुन कुमार श्रेस्ठले शिघ्र सबै तथ्य सहित एन आर एन तथा नेपाली समुदायलाई प्रस्ट पार्न नसकेको खण्डमा उनको शाख गिर्ने निश्चित देखिन्छ |