बेल्जियममा ‘नेपाल हाउस’ निर्माणार्थ दान बोलेको रकम विद्यालयलाइ सहयोग

658

बेल्जियममा ‘नेपाल हाउस’ निर्माणार्थ दान बोलेको रकम विद्यालयलाइ सहयोग

ब्रसेल्स/बेल्जियम

लगभग ५ वर्ष अगाडी बेल्जियमको लुभेन सहरमा श्रीमतभागवत महायग्य सम्पन्न भयो | आयोजक सस्था जयन्तु सस्कृतम र एन आर एनको सहकार्यमा सम्पन्न कार्यक्रममा बेल्जियम बाट सयौ दानवीरले कागजी दान गरे | भगवानको नाममा भजन गाय नाचे | पुजा पाठ गरे | मन्चमा गयर दान पनि बोले यसरि दान बोल्नेमा सानो रकम देखि २५ हजार यूरो सम्म बोल्ने थिय | तर सुको कसैले दियन | यी सबैले धर्मको नाममा अधर्मीको काम गरे | अहिलेसम्म कोहि पनि ‘ नेपाल हाउस’ र यो दान रकम उठाउने विषयमा अगाडी बढेका छैनन् |

तर बेल्जियममा तपाई हामीले सोचे जस्ता सबै अधर्मी दानवीर भने रहेनछन भन्ने कुराको प्रमाणित आन्त्रप निवासी इन्दिरा खनाल र पूर्ण खनालले गराईदियका छन | प्रत्यक पटक समचारमा आउने उधारो दानको कथाले उनीहरुलाई पिरल्दो रहेछ | सकभर ‘नेपाल हाउस’ बने सम्म त्यतै लगानी गर्ने सोच नि राखेका रहेछन | तर यो कुरा कागजी रुपमा मात्रै सिमिति रहने देखेपछि उनीहरुले आफै योजना बनाय| भगवान र धर्मको नाममा बोलेको रकमले पिरोलियाका उनीहरुले आफुले बोलेको रकम बराबरको स्याङ्गजा जिल्लामा सहयोग गरेका छन |

पूर्ण खनालले त्यति खेर ५ हजार १ यूरो बोलेका थिय | सोहि अनुरुप पूर्ण र इन्दिराले उक्त रकम नेपाल घरमा पठाईदिय | आफुले अध्ययन गरेको विद्यालय हिमाली उच्च माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान गरेका छन | त्यस्तै गरेर इलादी कृषि कार्यलयलाई पनि कम्प्युटर लगायत सामग्री दियका छन | पूर्णको बुवा आमा र भाई बुहारीले उक्त रकम बराबरको सहयोग विद्यालयलाई हस्तान्तरण गरेका हुन् | ‘ प्रत्यक पटक समाचार आउदा आफैलाई खिन्नता लागिरहने गर्थ्यो ,धर्मको नाममा अधर्मी को उपमा पाउनु भन्दा सोहि रकम बराबरको सहयोग गर्यौ |’इन्दिराले भनिन ‘ यस बाहेक हाम्रै खनाल समाजको अनुरोधमा खोटांगमा आफ्ना बुवा गुमायका एक जनालाई पनि पढाईरहेको छु|’

बेल्जियमको लागि इन्दिरा र पूर्ण एक उदारहणीय  पात्र बनेका छन भन्दा फरक पर्दैन | ‘नेपाल हाउस’ नबन्ने पक्का छ | तसर्थ सके बोलेको रकम, नसके त्यसको आधा रकम नेपालमै सहयोग गर्न  सके उधारो दानवीरको मनले शान्त पाउने र देशकै लागि सहयोग हुने देखिन्छ |

त्यति खेर उधारो दान रकम बोलेर नदिनेहरुको सुची तलको लिंक मा गयर हेर्न सक्नुहुनेछ | http://www.nepalplus.com/archives/16504

dan