ओली भ्रमण लगत्तै भारतले नेपाललाई दिने सहयोग कटौती

515

ओली भ्रमण लगत्तै भारतले नेपाललाई दिने सहयोग कटौती

01032016012010PM_KP-OLI_INDIA_VISIT-1000x0बुटवल . कांग्रेसको १३ औं महाधिवेशनको उदघाटन फागुन २० गते दिउँसो १ बजे रत्नपार्कस्थित खुलामञ्चमा हुने भएको छ । महाधिवेशन व्यवस्थापन समितिका संयोजक एवं काठमाडौं सभापति सबुज बानियाँले उदघाटनको तयारी जारी रहेको जनाएका छन् ।

उदघाटन समारोहमा सम्पूर्ण शीर्ष नेतासहित २ सय ४० वटै निर्वाचन क्षेत्रबाट आएका करिब ३२ सय प्रतिनिधि सहभागी हुनेछन् । फागुन २४ सम्म चल्ने महाधिवेशनमा सम्पर्क समिति र भ्रातृ संगठनका प्रतिनिधिले समेत भाग लिनेछन् ।

महाधिवेशनको बन्द सत्र फागुन २१ मा भृकुटीमण्डपको प्रदर्शनी हलभित्र हुनेछ । फागुन २२ मा प्रतिनिधिहरूले उम्मेदवारी दर्ता गर्ने र २३ मा निर्वाचन हुनेछ तालिका छ । ‘निर्वाचन पहिले पार्टी कार्यालयमा हुने भनिएको थियो,’ बानियाँले भने, ‘प्रदर्शनी हलमै निर्वाचन गरेर पछि पार्टी कार्यालयमा मत परिणाम गर्ने भनिएको छ । यसबारेमा अझै टुंगो लाग्न बाँकी छ ।’

यसपटक विद्युतीय प्रणालीअनुसार मतदान गर्ने योजना कांग्रेसले बनाएको छ । ‘तर यसबारेमा टुंगो लाग्न बाँकी छ,’ निर्वाचन समितिका एक सदस्यले भने ।

महाधिवेशन उद्घाटन समारोहमा सांस्कृतिक प्रस्तुति हुनेछन् ।

उद्घाटनका लागि मञ्च तयार पार्न मञ्च व्यवस्थापन समितिले काम गरिरहेको छ । केन्द्रीय सदस्य नवीन्द्रराज जोशी संयोजक रहेको उक्त समितिले खुलामञ्चमा काम गरिरहेको छ ।
यस्तै, उपत्यका बाहिरबाट आउने महाधिवेशन प्रतिनिधिलाई खाना र बसोबासको व्यवस्थाको काम भोजन–आवास व्यवस्थापन समितिले गरेको छ ।

समितिका संयोजक बलबहादुर केसीले भने, ‘१९ गते बेलुकीबाट महाधिवेशन प्रतिनिधिहरूले आवास र खानाको सुविधा पाउने छन् । आवास ५ दिन र भोजन ८ छाकको व्यवस्था गरिएको छ ।’