कांग्रेस महाधिवेशनमा रस्साकस्सी -कसको कस्तो बन्दै छ समिकरण

644

कांग्रेस महाधिवेशनमा रस्साकस्सी -कसको कस्तो बन्दै छ समिकरण

01032016075920NC-1000x0काठमाडौं,नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि संस्थापन पक्षबाटै दुईवटा प्यानल घोषणा हुने भएका छन्। संस्थापन पक्षबाट सभापतिका आकंक्षी कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले बुधवार आफ्नो उम्मेदवारीसहित  छुट्टा छुट्टै प्यानलको घोषणा गर्न लागेका हुन्।पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेल पक्षले अपरान्ह ४ बजे पार्टी कार्यालय सानेपामा उम्मेदवारी घोषणा गर्ने तय भएको पौडेलका स्वकिय सचिव चिरिन्जिवी अधिकारीले जानकारी दिए। पौडेलको समूहले महामन्त्रीमा शाशांक कोइरालालाई उम्मेदवार बनाउने भएको छ भने कोषाध्यक्षको अझै निर्णय हुन बाँकी रहेको छ । एक नेताका अनुसार दिउँसो प्यानल घोषणा अघिसम्म कोषाध्यक्षको उम्मेदवारको पनि टुंगो लगाइनेछ।

सिटौलाको उम्मेदवारी घोषणा ३ बजे हुने

यसैगरी संस्थापन पक्षकै महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा आफ्नो उम्मेदवारीसहित प्यानलको घोषणा कार्यक्रम दिउँसो ३ बजे गर्नेछ। सिटौला समूहले बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्न लागेको हो। सिटौलाले आफ्नो प्यानलमा महामन्त्रीमा गगन थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कोषाध्यक्षको उम्मेदवार टुंगो लाग्न बाँकी छ।

देउवाा पक्षले भोलिसम्ममा उम्मेदवारी घोषणा गर्ने 

रिष्ठ नेता शेरबहादुर देउवा पक्षले भने बिहीवारमात्रै एम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ। संस्थापन पक्षले बुधवार उम्मेदवारी घोषणा गरेपछिमात्रै देउवा पक्षले बिहीवार उम्मेदवारी घोषणा गर्ने तयारी थालेको एक नेताले बतनाए। देउवा समूहले संस्थापन पक्षकै दुई प्यानल भएपछि त्यसलाई हेरेर उम्मेदवारी घोषणा गर्ने रणनीति बनाएको छ। देउवा समूहबाट पनि महामन्त्रीमा अर्जुननरसिंह केसीको नाम चर्चामा छ भने कोषाध्यक्षमा चित्रलेखा यादव वा पुष्पा भुसालमध्ये एकलाई उम्मेदवार बनाउने तयारी छ।