को को भिड्दै छन् लुम्बिनी अञ्चलबाट कांग्रेस महाधिवशेनमा

580

को को भिड्दै छन् लुम्बिनी अञ्चलबाट कांग्रेस महाधिवशेनमा

13th-congress.png.pngबुटवल,फागुन ।
नेपाली का्रंग्रेसको १३औ महाधिवशेनमा लुम्बिनी अञ्चलबाट पनि पार्टिको केन्द्रिय नेतृत्वमा झण्डै एक दर्जन नेताहरु चुनावी प्रतिशपर्दामा उत्रिने भएका छ् ।
लुम्बिनी अञ्चलका ६ जिल्लानबाट झण्डै एक दर्जन नेताहरुले उमेदवारी दिने घोषणा गरेका छन् । केन्द्रिंय पदाधिकारीमा वालकृष्ण खांण र पुष्पा भुषालको नाम चर्चामा आए पनि त्यसको औपचारिक पुष्टि हुन सकेको छैन । जस अनुशार रुपन्देहीबाट केन्द्रि सदस्य खुलामा बालकृष्ण खांण र रामकृष्ण तम्रकारको उमेदवार पर्ने बुझिएको छ । त्यैगरि रुपन्देहीबाट पदेशीक सदस्यका रुपमा भरत शाह र हरि नेपालले उमेदवार दिनु हुने भएको छ । त्यसैगरि नवलपरासीबाट प्रदेशीक सदस्यका रुपमा कृष्णचन्द्र नेपाली र देवेन्द्र्रराज कडेलको नाम चर्चामा रहेको छ । त्यसैगरि पल्पाबाट राजन पन्तको खुला केन्द्रिय सदस्यका लागि नाम चर्चामा आएको छ । यता अर्घाखाचीमा प्रदेशी सदस्यका लागि रेवती भुषाल, महिला केन्द्रिय सदस्यका लागि पुष्पा भुषाल तथा दलित केन्द्रिय सदस्यका लागि मान वहादुर विकले उमेदवारी दिने तयारी गर्नु भएको छ । त्यसैगरि गुल्मी जिल्लाबाट खुल्ला केन्द्रिय सदस्यमा चन्द्रं भण्डारी महोन ज्ञवलाी र त्रलोक्य प्रताप सेनले को उमेदवारी रहेको छ । यता कपिलवस्तु जिल्लाबाट प्रदेशी सदस्यका लागि राजेश आचार्यको नाम चर्चामा आएको छ ।