नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्‍घाटन

156

नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्‍घाटन

 NC-Convention-2काठमाडौं ।नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले संविधान ल्याउन नेतृत्व गरेको कांग्रेसले तयसको कार्यान्वयनको पनि नेतृत्व गर्ने बताएका छन् । उनले प्रजातान्त्रिक समाजवादको दर्शनमा आधारित रहेर संविधानको कार्यान्वयन गरिने उल्लेख गरे ।
पार्टीको १३ औं महाधिवेशनको उदघाटन सत्रमा बोल्दै उनले दुनियाँले नेपालमा भएको परिवर्तन र समानतामा आधारित समाज हेर्ने बताए । उनले संविधानले मुलुकको हरेक वर्ग र तप्कालाई सम्बोधन गरेको दावी गर्दै संविधानले लोकातान्त्रिक समाजवादलाई चरितार्थ गरेको उल्लेख गरे ।
उनले असन्तुष्ट मधेसी मोर्चालाई सम्बोधन गर्न संविधानमा बाँकी विषयमा पनि संशोधन गरेर अगाडि बढ्न सकिने भन्दै सधैं राजनीति अलमलमै मुलुकलाई राख्न नहुने बताए । ‘सिमांकन सहितको सबै विषयमा हामी उदार छौं,’ उनले भने ।राजनीति गर्ने मानिसहरुका बारेमा समाजमा बढेको निन्दाप्रति उनले चिन्ता व्यक्त गरे । ‘राजनीति निन्दित भएको देख्दा कहिले काहीँ आत्महत्या गर्न मन लाग्छ,’ उनले भने ‘राजनीतिप्रति विश्वास जगाउनु र सम्मानित गराउनु मेरो उद्देश्य हो ।’ उनले राजनीति गर्ने व्यक्तिप्रति जनताको विश्वार नरहे मुलुक संकटमा पर्ने उल्लेख गरे ।उदघाटन समारोहमा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले देशका अगाडि देखिएका सम्पूर्ण चुनौतिको सामना कांग्रेसले गर्ने बताए । उनले सिमांकन विवाद, समावेशी समानुपति प्रतिनिधित्वका सवाल, संविधान कार्यान्वयन देखि भारतसँगको चिसोपन हटाउन कांग्रेसले नेतृत्व लिने दावी गरे ।उनले कुनै पनि बहानामा कसैले लोकतान्त्रिक शक्ति नखोसोस र देशमा एकता बनाएर बढ्ने जिम्मेवारी पनि कांग्रेसमाथि रहेको उनले बताए ।उदघाटन समारोहमा एमाले अध्यक्षा एंव प्रधानमन्त्री केपीशर्मा अोली, एमाअोवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लाेकतान्त्रिकका अध्यक्षा विजय गच्छदार सहितका नेताहरु र कांग्रेसबाट महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सहित कोषाध्यक्ष चित्रलेखा यादवले मनतव्य राखेका थिए ।कार्यवाहक सभापति पौडेलले बिहीबार उदघाटन गरेको पार्टीको १३ औं महाधिवेशनको समारोहमा  भारतीय नेताहरु भगतसिंह काेसियारी, नितिश कुमार सहित बंगलादेश, मंगोलियाबाट अाएका राजनीतिक दलका प्रतिनिधिले बोलेका थिए ।   महाधिवेशनमा भाग लिन देशभरबाट कांग्रेस कार्यकर्ताहरु काठमाडौंमा भेला भएका छन् ।