‘एसेण्टा’मेला:भिसा थप गरेर बसेका एक सहभागी स्पेनमा भेटिय

584

‘एसेण्टा’मेला:भिसा थप गरेर बसेका एक सहभागी स्पेनमा भेटिय

ब्रसेल्स/बेल्जियम

विगत तिन वर्ष अघि बेल्जियममा सम्पन्न ‘एसेण्टा’ट्रेड फेयर अर्थात् नेपाल फेस्टिबलमा आर्थिक पारदर्शिता नभयको र धेरै नेपालीहरु आयर यतै गायब भयको हुदा त्यसप्रति चासो नदेखायाको आयोजकलाई आरोप लागेको थियो | यो आरोप अहिले पछिल्लो समयमा आयर दुतावास सम्म खोजिनितिको लागि निवेदन  पुगेको छ भने अर्को तर्फ एन आर एन बेल्जियमले पनि छानविनको लागि समिति गठन गरि सकेको छ |

मेला संयोजक रहेका अर्जुन कुमार श्रेस्ठले धेरै कुराहरु नखोलेको र प्रस्ट नपारेको हुदा त्यो प्रस्ट पार्नुपर्ने धेरैले माग गरिरहेका छन | अर्कोतर्फ नेपालबाट कार्यक्रमको लागि आउनु र यतै बस्नुमा आयोजकको पनि दोष रहेको आरोप धेरैले लगाउदै आयका छन | केहि दिन अघि निस्केका अडियोवार्ताले पनि कार्यक्रममा यतै बसेको तर नफर्केको पुस्टि गरेको थियो |

यसै सम्बन्धमा आयोजक कमिटिका संयोजक तथा अहिलेका एन आर एन केन्द्रिय सचिव रहेका अर्जुन कुमार श्रेस्ठले एसेण्टा मेलामा भयका सबै विवरणहरु दुतावास देखि बेल्जियमका धेरैलाई बोधार्थ स्वरुप पठायको बतायका छन | आर्थिक विषयमा श्रेस्ठले उक्त मेला आयोजना गर्दा १४ ०११.८ यूरो घाटामा गएको डाटा प्रस्तुत गरे  | र कार्यक्रमलाई निहु बनायर धेरै नेपालीहरु ल्याउने भन्ने आरोपको खण्डन गर्दै दोषी भयमा जुनसुकै सजाय भोग्न तयार रहेको बताय |

उता नेपाली ब्यबसायी संघका निवर्तमान महासचिव तथा अहिलेका एन आर एन बेल्जियमका महासचिव लोक प्रसाद दाहालले त्यतिखेर आफुलाई कुनै पनि इमेलहरु नआयको प्रस्ट पारेका छन |’मेरो मात्रै त्यतिखेर नै उहाहरुलाई के कुरा थियो भने ब्यबसायी संघले कति स्टल बूकिंग गर्यो ?त्यसको जिम्मेवार हरि थपलिया जी र अर्जुन जी वस्नु भाछ | तपाइले कार्ड हरायो भन्नु भयो ,पिन कोड हरायो भन्नु भयो त्यो हरायो भने पनि बैंकले उत्तिखेरै स्टेटमेन्ट दिन्छ त्यही देखाईदिनुस अरु केहि गर्ने पर्दैन भने |’दाहालले भने  |

अर्जुन श्रेस्ठले हामीलाई मेलामा नेपाल देखि आयका सहभागीहरुको अन्तिम स्थिति उपलब्ध गरायका छन | जसमा केहि सम्पर्क बाहिर रहेको ,कसैले भिसा थप गरेर बसेको र केहि फर्केको डाटाले देखायको छ | तर भिषा थप गरेर बसेका मध्य कला इन्टरनेसनल प्राइभेट लिमिटेड धादिंगका झमका नाथ अधिकारी नेपाल नफ़र्केर स्पेन तिर बसेको पत्ता लागेको छ | अहिले उनले पोर्चुगलको स्थाई बसोबासको कागज प्राप्त गरिसकेका छन | अर्जुन श्रेस्ठले उपलब्ध गरायको आर्थिक हिसाब किताब ,सहभागीको अवस्था ,कार्यक्रममा आयर यतै बस्ने एक सहभागीको प्रमाण तल हेर्न सक्नुहुनेछ |Bewijs van betaling door FNCC-page-001 Visa Status Flanders Trade Fair-page-001

Accenta exp ,inc-page-001 esenta jna3