नीति तथा कार्यक्रम पास गर्दै कांग्रेस बन्दसत्र सकियो, भोलि मतदान

180

नीति तथा कार्यक्रम पास गर्दै कांग्रेस बन्दसत्र सकियो, भोलि मतदान

NC-Convention-2072-1

काठमाडौं । नीति तथा कार्यक्रम पास गर्दै नेपाली कांग्रेसको महाधिवेशनको बन्दसत्र सकिएको छ । नेतृत्व चयनका लागि भोलि मतदान हुनेछ ।भृकुटीमण्डपमा भएको बन्दसत्रले महामन्त्रीको प्रतिवेदनका साथै नीति तथा कार्यक्रम पारित गरेको छ । कार्यबाहक सभापति रामचन्द्र पौडेलले भने, ‘बन्द सत्र सकियो । नीति तथा कार्यक्रम पास भएको छ । भोलि मतदान हुनेछ ।’उनका अनुसार पार्टी कार्यालयले आवश्यक तयारी गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।

भोलि मतदान

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुनेछ । विहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । लगतै मतगणना सुरु हुनेछ ।

सुरुमा सभापतिको मतगणना हुनेछ । पहिला सभापतिको सभापतिको मतगणना गरिनेछ र दोस्रो चरणमा जानु पर्ने अवस्थामा आएमा अन्य पदको मतगणना स्थगित गरेर दोस्रो चरणको चुनाव गरिनेछ ।

सभापतिका लागि ५१ प्रतिशत मत ल्याउनुपर्छ । सभापतिका लागि चुनावी मैदानमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलामा छन् ।