कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि मतदान

491

कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि मतदान

final pic

काठमाडौं ,सभापतिका उम्मेदवार रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटाैलाले मतदान गरेका छन् । यस्तै प्रकाशमान सिंह, शसांक काेइराला, अर्जुननरसिंह केसी, गगन थापा तथा अन्य पदाधिकारीहरुले पनि मतदान गरेका छन् ।देउवाले मतदानपछि पत्रकारहरुसँग बोल्दै आफ्नो जित सुनिश्चित भइसकेको प्रतिक्रिया दिएका छन् ।कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न आइतबार बिहान ८ बजेबाट मतदान सुरु भएको छ । मतदाताहरु लाइनमा बसिरहेका छन् ।देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका ३१ सय ६१ मतदाताले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचनमा भाग लिँदैछन् । मतदान महाधिवेशनस्थल भृकुटीमण्डप अगाडिको राष्ट्रिय सभागृहमा गरिनेछ ।आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए । पार्टी कार्यालय सानेपामा रहेको निर्वाचन समितिको युनिट सभागृहमा पनि स्थापना गरिएको छ । कांग्रेसले आफ्नो महाधिवेशनमा विद्युतीय निर्वाचन प्रणालीलाई अपनाएको छैन ।घिमिरेका अनुसार धनुषा-५ मा क्षेत्रीय निर्वाचन हुन नसकेकाले ३ हजार १ सय ६१ मतदाता छन् । तात्कालिन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जना महाधिवेशन प्रतिनिधिले मत दिन पाउने/नपाउने भन्नेमा निर्णय हुन बाँकी छ । मनोनीतले मत दिन पाएमा मतदाता ३ हजारा १ सय ९१ पुग्ने जानकारी घिमिरेले दिए ।सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि निर्वाचन हुनेछ । पदाधिकारीको ३ पदमा १० जना सहित ३ सय १२ जना उम्मेदवार छन् ।घिमिरेले ति पदहरुमा मतदानका लागि ९ किसिमको मत्रपत्र तयार पारिएको बताए । उनका अनुसार पदाधिकारीमा सभापतिका लागि छुट्टै तथा महामन्त्री र कोषाध्यक्षलाई एउटै मत्र पत्र बनाइएको छ ।बाँकी ७ वटा छुट्टा छुट्टै मत पत्र खुला, महिला खुला, आदिवासी जनजाति, मुस्लिम, मधेसी, दलित र प्रदेशबाट छानिने केन्दि्रीय सदस्यका लागि तयार पारिएको छ ।

nc khadddअपरान्ह ४ बजेसम्म मतदान सक्न सभागृह भित्र १ सय २५ वटा गोप्य मतदान बुथ बनाइएको घिमिरेले जानकारी दिए । पार्टीको विधान अनुसार बढीमा ८५ सदस्यीय केन्द्रीय समितिमा १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्रीमा निर्वाचित भएका केन्दि्रीय समिति सदस्य मध्येबाट केन्द्रीय कार्यसमितिले चयन गर्ने प्रावधान छ ।महिला, दलित, जनजाति, मधेसी, मुस्लिमबाट १-१ जना सहित २१ केन्द्रीय सदस्य निर्वाचित सभापतिलाई मानोनित गर्ने अधिकार छ ।