
काठमाडाैं/कांग्रेस सभापतिका लागि पहिलो चरणमा खसेको मतको मिहिन विश्लेषण गर्दा शेरबहादुर देउवाले दोस्रो चरणमा जित्ने लगभग सुनिश्चित देखिएको छ।यसको पहिलो कारण, दोस्रो चरणको मतदानमा देउवा र रामचन्द्र पौडेलबीच मात्रै प्रतिस्पर्धा हुनेछ, कृष्णप्रसाद सिटौला रेसमा हुने छैनन्। नेपाली कांग्रेसको विधान अनुसार पहिलो चरणमा कसैले पनि खसेको मतको बहुमत नल्याएमा दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेद्वारबीच मात्र प्रतिस्पर्धा हुन्छ।सिटौलाले देउवालाई समर्थन गर्छन् कि पौडेललाई भन्ने एउटा ‘फ्याक्टर’ हो तर मुख्य ‘फ्याक्टर’ होइन।जीतको लगभग नजिक पुगेका देउवालाई समर्थन गर्न सिटौला अंकगणितीय हिसाबले अर्काषित हुन सक्छन्।तर उनी संस्थापन पक्षमै रहेकाले देउवासँग जान्छन भन्नेमा धेरैलाई विश्वास छैन।नी संस्थापन पक्षमै रहेभने पनि उनले प्राप्त गरेको सबै ३ सय २४ मत नै पौडेललाई जान कठिन छ। सिटौलाले पौडेलभन्दा सभापतिका लागि आफू नै लायक छु भन्ने तर्क गर्दै उम्मेद्वारी दिएका हुन। सिटौलाले पाएको मतमध्ये केही संस्थापन पक्षभित्रै पौडेललाई नरुचाउने मत पनि हो। पौडेलका विरुद्ध सिटौलाले पाएको त्यो मत सिटौला उम्मेद्वार नरहेको अवस्थामा फेरि पौडेललाई जान गाह्रो छ। बरु त्यो मत देउवालाई जाने सम्भावना प्रबल छ। सिटौलाकै कतिपय समर्थक पनि जीतभन्दा धेरै टाढा रहेका पौडेलको सट्टा विजय उन्मुख देउवाप्रति नै आकर्षित हुन सक्छन्।दोस्रो, सिटाैलाकाे बै मत रामचन्द्र पाैडेललाई गयाे भने पनि दुई जनाकाे मत जाेड्दा देउवाले पहिलाे चरणमा पाएकाे मतभन्दा कम हुन्छ। पहिलाे चरणमा पाैडेलले ११६० र सिटाैलाले ३२४ मत पाएका थिए। जबकि देउवाले १५६४ पाएका थिए। त्यसैले सिटाैलाकाे सबै मत पाैडेललाई गयाे भने पनि पहिलाे चरणमा बदर भएका मत निर्णायक हुने छन्। पहिलो चरणमा सय मत बदर भएको छ। दोस्रो चरणमा बदर मत घट्ने सम्भावना रहन्छ। पहिलो चरणमा झुक्किएर मत बदर गरेका मतदाता दोस्रो चरणमा सचेत हुने छन्। पहिलो चरणमा बदर भएको सय मतमध्ये देउवा र पौडेललाई दास्रो चरणमा आधाआध पर्योे भने पनि देउवाको जीत सुनिश्चित हुन्छ।तेस्रो, मत तान्नका लागि चाहिने व्यक्तिगत स्वभाव र क्षमता पनि पौडेलको भन्दा देउवाको धेरै छ। विजयको सन्निकट रहेका देउवालाई दोस्रो चरणमा मत तान्न पौडेललाई भन्दा सजिलो हुनेछ। पहिलो चरणकै संख्यामा मत खस्यो भने पौडेललाई जीतका लागि आवश्यक पर्ने १५ सय ७५ मत प्राप्त गर्न थप ४ सय १५ मत ल्याउनु पर्ने हुन्छ। पहिलो चरणमा पौडेलको ११ सय ६० मत छ। जबकि देउवालाई १५ सय ७५ को जीतको लक्ष्य भेट्न ११ मत मात्रै थपे पुग्छ।हिजाे मात्रै १५ सय ६४ मत दिएर देउवालाई विजय निकट पुर्याएका उनका मतदाताले आजै मन परिवर्तन गर्ने सम्भावना कम हुन्छ।यो विन्दुबाट पौडेलले ४ सय १५ मत बढाउने तर देउवाले ११ मत पनि नबढाउने भन्ने लगभग असम्भव छ। मतदानमा त्यसै पनि हावा जित्नेकै तर्फ चल्छ। त्यसैले दोस्रो चरणमा देउवाले जित्ने सुनिश्चित जस्तै छ।पहिलो संविधानसभा संसदीय दलको नेताको चुनावमा पौडेलले देउवालाई दोस्रो चरणको निर्वाचनमा पराजित गरेका थिए।पहिलो राउण्डमा देउवा सबैभन्दा अगाडि थिए भने पौडेल दोस्रो र अर्की उम्मेदवार सुप्रभा घिमिरे तेस्रो स्थानमा थिइन। पछि घिमिरेको लगभग सबै भोट पाएर पौडेल संसदीय दलको नेतामा वजियी बने।यसपालि भने त्यो इतिहास दाहोरिन लगभग असम्भव देखिएको छ।