
काठमाडौं, फागुन/नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा तेह्रौं राष्ट्रिय महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्।दोस्रो चरणमा सोमबार भएको मतदानमा देउवाले १८२२मत प्राप्त गरे। पौडेलले १२९६ मत प्राप्त गरेका छन्। कुल खसेको ३१४० मतमध्ये देउवाले उक्त मत प्राप्त गरे। २२ मत बदर भएको थियो। दोस्रो चरणको निर्वाचनमा देउवाले भारी मत ल्याएका छन्।यसअघि सभापतिका तीन उम्मेदवारमध्ये देउवाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान भएको थियो। तेस्रो स्थानको मत पाएर सभापतिको रेसबाट कृष्णप्रसाद सिटौला बाहिरिएपछि देउवा र पौडेल बिचमा पुनः मतदान भएको हो।कुल ३१६१ महाधिवेशन प्रतिनिधिमध्ये आइतबार भएको पहिलो चरणको निर्वाचनमा ३१४८ मत झरेको थियो।उक्त मतमध्ये एक सय बदर हुँदा देउवाले देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ मत ल्याएका थिए । सोमबारको दोस्रो चरण मतदानमा भने प्रतिनिधि घटे।३१२० मात्रै मत खसेको थियो। जसमध्ये २ मत बदर हुँदा देउवाले १८२२ र पौडेलले १२९६ मत हासिल गरे ।लगातार तीनपटक सभापतिको दौडमा रहेका देउवाले लामो समयपछि संस्थापन पक्षबाट नेतृत्व उम्काएका छन्। पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका देउवा पुनः सुशील कोइरालासँग अर्को महाधिवेशनमा पराजित भए।पार्टी नेतृत्वका निम्ति तेह्रौं राष्ट्रिय महाधिवेशनमा पनि देउवाले आफूलाई सभापतिको मैदानमा उतारे। संस्थापन पक्षबाट दुई आकांक्षीले प्राप्त गरेको मत जोड्दा पनि देउवा अग्रस्थानमै थिए। महाधिवेशनबाट भारी मतले निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणालीमा सबै नेता र कार्यकर्ताको जीत भएको प्रतिक्रिया दिएका छन्।आफू निर्वाचित भएपछि देउवाले संक्षिप्त कुराकानी गर्दै भने, ‘यो कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणाली, नेपाली कांग्रेस र देशको जित हो।’ नवनिर्वाचित सभापति देउवाले यो परिणामलाई हार र जितको रुपमा नलिन सबै नेता, कार्यकता तथा महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे। भारी मतले निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवा मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा विजयउत्सव मनाउन राति नआउने भएका छन्। देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा सबै नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिलाई भेट्ने भएका छन्।सभापति देउवालाई मतदानस्थलमा नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि कुरेर बसिरहेका छन्। तर देउवा मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डप नआउने भएका छन्। उनले भनेका छन्, ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई हारजित नमानिदिनुहुन अनुरोध गर्छु ।’सभापति देउवाले मंगलबार दिउँसो पार्टी कार्यालयमा सबै साथीभाइ, नेता तथा कार्यकर्तासँग एकैसाथ बधाइ र शुभकामना साटासाट गर्ने बताएका छन्। देउवाले भने, ‘आफ्नो पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा हारजितको कुनै औचित्य छैन, यो लोकतान्त्रिक प्रतिस्पर्धा हो। यसबाट सबैले पाठ सिक्नुपर्छ।’ देउवाले राति अवेर भएका कारण भृकुटीमण्डपमा आउन नसकेको जनाएका छन्।उनले निर्वाचनको परिणाम कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणालीमा सबै नेता र कार्यकर्ताको जित भएको प्रतिक्रिया दिएका छन्।आफू निर्वाचित भएपछि देउवाले संक्षिप्त कुराकानी गर्दै भने, ‘यो कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणाली, नेपाली कांग्रेस र देशको जित हो।’ नवनिर्वाचित सभापति देउवाले यो परिणामलाई हार र जितको रुपमा नलिन सबै नेता, कार्यकता तथा महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे।हारजित हारजित नै हो, अब रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई कसरी मिलाएर लैजानुहुन्छ? भन्ने प्रश्नमा देउवाले भने, ‘मेरो पार्टीभित्रका सबै साथीहरू र नेताहरूसँग छलफल गरेर सिंगो देशको प्रगतिको पक्षमा म अगाडि बढ्नेछु ।’