महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी

महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी

 

काठमाडौं, फागुन/नेपाली कांग्रेसको महामन्त्रीमा शशांक कोइराला विजयी भएका छन्। सुरूदेखिनै अग्रता लिएका कोइरालाले सहज जित हात पार्ने क्रममा  अर्जुनरसिंह केसी र गगन थापालाई पराजित गरेका हुन्। पौडेल प्यानलका कोइराला तेह्रौं राष्ट्रिय महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएका हुन्।यसअघि तीन पटकसम्म केन्द्रीय सदस्यमा निर्वाचित कोइराला पौडेल प्यानलबाट विजयी भएका थिए।कोइरालाले केसीलाई ४ सय मतले हराउँदै महामन्त्री पदमा विजयी भएका हुन।शनिबार मदतान भएपनि तीन दिन ढिला भएको गणनामा कुल ३१४८ खसेको मत मध्ये शशांकले १४१७ मत प्राप्त गरे।त्यस्तै अर्जुनरसिंहले १०१७ र गगन थापाले ५८४ मत ल्याउँदै तेस्रो भए। यस्तै १३० मत बदर भएको छ।कोषाध्यक्ष पदमा सीतादेवी यादव ८ मतले विजयी भएकी छन्। अत्यान्तै कडा प्रतिस्पर्धामा उनले चित्रलेखा यादवलाई हराएकी हुन्। अन्तिम मतगणना अनुसार सीतादेवीले १२१७ मत ल्याएकी छन् भने चित्रलेखा यादवले १२०९ मत ल्याएकी छन्। यस्तै उमाकान्त चौधरीले ४५७ मत पाए भने कृष्ण कार्कीले ६६ मत पाएका छन्। ३१४८ मत खसेकोमा १९९ मत बदर भएका छन्।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •