जब आमासंग परपुरुषले अनैतिक सम्वन्ध राखेको देखेपछि …

657

जब आमासंग परपुरुषले अनैतिक सम्वन्ध राखेको देखेपछि …

lll

बुटवल फागुन । रुपन्देहीको सैनामैनास्थित दानव खोलामा मृत भेटिएका रामप्रसाद थारुलाई ज्वाइँजेठान मिलेर हत्या गरेको खुलेको छ । सैनामैना १३ समावेशी टोल पूर्वमा रहेको दानव खोलामा फागुन २५ गते हत्या गरेर फालिएको अबस्थामा सैनामैना ५ सदबदरा बस्ने गरिब थारुका छोरा ३६ वर्षीय रामप्रसाद थारुको शव भेटिएको थियो ।
हत्यामा संलग्न रहेको अशांकामा सैनामैना १ का २५ बर्षीय दिनेश कुँवर र बुटवल १८ का २४ वर्षीय हरिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । हरिनारायण दिनेशका बहिनी ज्वाइँ हुन् । उनीहरुले हत्या अभियोग स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले बताए ।
पक्राउ परेका कवंरले मृतक थारु र आफ्नो आमालाई अनैतिक कार्य भईरहेको अवस्थामा फेला पारेपछि थारुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक बुद्धि बहादुर गुरुङले मृतक थारु र अभियुक्त कवंरकी आमाको गत फागुन २१ गते सैनामैनामा भएको एउटा विवाह कार्यमा भेटघाट भएपछि नियमित टेलिफोन सम्पर्क हुने र घटना भएको साँझ पनि सँगै रहेको अनुसन्धानमा खुलेको जानकारी दिए।
२५ गते साँंझ दिनेश कवंरको घरमा श्रीमतीको जन्म दिन मनाइरहेको बेला आमाले आफ्नो घरमा ताल्चा नलगाई आएको बहाना बनाई घरमा फर्किएपछि शंका लागि जाँदा मृतक थारु र आमालाई आपत्तिजनक अवस्थामा देखेपछि लठ्ठिले हानेर थारुको हत्या गरेको कवंरले प्रहरी सामु स्वीकार गरेको प्रहरी उपरिक्षक गुरुङले बताए।कवंरले लठ्ठीले टाउको तथा शरिरका विभिन्न भागमा हानेर थारुको हत्या गरेपछि बहिनी ज्वाईं हरीनारायण चौधरीको सहयोगमा साइकलमा राखी घरदेखि दुई किलोमिटर टाढा दावन खोलामा लगी फालेको अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले बताए।