कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ कसले कति मत पाए ? (सूचीसहित)

कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ कसले कति मत पाए ? (सूचीसहित)

lllकाठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फको मत गणना प्रोजेक्टरको प्रयोगबाट गरिएको छ। २५ केन्द्रीय सदस्यका लागि ९० जनाको उम्मेदवारी परेको र मत गणनास्थलमा सबै उम्मेदवारका प्रतिनिधि सहभागी बनाउ सहज हुने भन्दै प्रोजेक्टरको प्रयोग गरिएको हो।

 एक-एक मतपत्र प्रोजेक्टरमा राखेर भित्तामा देखाउँदै मत गणना गरिएको छ। मत गणना भैरहेको हलको भित्तामा प्रोजेक्टरको दृश्य हेर्दै उम्मेदवारका प्रतिनिधि, पर्यबेक्षक, गणक र निर्वाचन समितिका सदस्यहरूले गणना गरिरहेका छन्।५० मतपत्र रहेको एउटा बिटो बनाएर गणना गरिएको छ।

उम्मद्वारले प्रोजेक्टरबाट आफूहरुले देखिनेगरी मतगणना गर्नुपर्ने माग गरेपछि केहीबेर विवाद भएको थियो।निर्वाचन समितिले मत गणना साँझ ६ बजेसम्म मात्र गर्ने जनाएको छ। खुला तर्फको मत गणना सकिन २ दिन लाग्ने अनुमान गरिएको छ। सबै मत गणना सकिन एकसाता लाग्ने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए। २५ जना उम्मेद्वार भन्दा बढी ठाउँमा टिक लगाएको मतपत्र बदर हुने निर्णय भएको घिमिरेले जानकारी दिए। अहिलेसम्म ५० मत गणना भएको छ।

कसले कति ल्याए ?

प्रदीप पौडेल ६८
प्रकाशमान सिंह ६२
सुजाता कोइराला ५४
खुमबहादुर खड्का ६०
बद्री पाण्डे ४७
बिमलेन्द्र निधि ५८
महेश आचार्य ५७
शेखर कोइराला ६०
विश्वप्रकाश शर्मा ५०
कुलबहादुर गुरुङ ५०
गोपालमान श्रेष्ठ ५०
एनपी साउद ४६
बलबहादुरु केसी ४८
बालकृष्ण खाँड ५६
मिनेन्द्र रिजाल ५६
नारायण खड्का ४८
रामशरण महत ४९
प्रकाशशरण महत ४९
धनराज गुरुङ ४८
चन्द्र भण्डारी ५४
प्रदीप गिरी ४७
शंकर भण्डारी ५५
उदय शमशेर राणा ४५
पूर्णबहादुर खड्का ५६
ज्ञानेन्द्र कार्की ४५

 

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •