कांग्रेस मतगणना ३ दिनभित्र सक्नैपर्ने ,४०३ मत गणना गर्दा सबैभन्दा बढी मत ल्याउने २५ जना

460

कांग्रेस मतगणना ३ दिनभित्र सक्नैपर्ने ,४०३ मत गणना गर्दा सबैभन्दा बढी मत ल्याउने २५ जना

aaaaa काठमाडौं –कांग्रेस केन्द्रीय सदस्यको मतगणनामा देखिएको सुस्तताले चैत ३ गतेभित्र निर्वाचन आयोगमा निर्वाचित केन्द्रीय कार्यसमितिको नामावली पठाउनुपर्ने ‘डेडलाइन’ पूरा नहुने देखिएको छ । संविधानअनुसार कांग्रेसले चैत ३ गतेभित्र महाधिवेशन भएर चयन भएका पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गर्नुपर्ने हुन्छ ।

निर्वाचन समितिको अव्यवस्था र सुस्तताको कारण महाधिवेशन सम्पन्न भएको तीन दिनसम्म पनि पाँच सय मत गणना हुन सकेको छैन । ‘चैत ३ गतेभित्र महाधिवेशन भएको जानकारसहित निर्वाचित पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गर्नुपर्ने प्रावधान छ’, निर्वाचन आयोगमा सचिव शारदाप्रसाद त्रितालले भने ।

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यका लागि बिहिबार साँझसम्म ४०३ मत गणना भएको छ।  ४ सय मत गणना गर्दा खुमबहादुर खड्का २४२ मत ल्याएर अग्रस्थानमा रहेका छन्।  मतगणना शुक्रबार बिहानसम्मका लागि स्थगित भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।  ४०३ मत गणना हुँदा सबैभन्दा बढी मत ल्याउने २५ जनाकाे सूची यस्ताे छ:

१. खुमबहादुर खड्का – २४२
२. प्रकाशमान सिंह – २३७
३. डा. शेखर कोइराला – २३७
४. प्रदीप पौडेल – २३१
५. बालकृष्ण खाँड – २२६
६. बिमलेन्द्र निधी – २२५
७. महेश आचार्य– २२०
८. रमेश लेखक – २१८
९.प्रदीप गिरी – २१७
१०. पूर्णबहादुर खड्का – २१४
११. डा. रामशरण महत – २०५
१२. सुजाता कोइराला – २०५
१३. धनराज गुरुङ – २०५
१४. केबी गुरुङ – २०४
१५. विश्वप्रकाश शर्मा – २०४
१६. डा. प्रकाशशरण महत – २०३
१७. बलबहादुर केसी – १९७
१८. शंकर भण्डारी – १९४
१९. डा. मीनेन्द्र रिजाल – १९२
२०. गोपालमान श्रेष्ठ – १९१
२१. चन्द्र भण्डारी – १८७
२२. डा. नारायण खड्का – १८४
२३. बद्री पाण्डे – १८१
२४. ज्ञानेन्द्रबहादुर कार्की – १७९
२५. एनपी साउद – १७९