एन आर एन महिला फोरमले नेपालमा टेम्पो प्रदान गर्ने

671

एन आर एन महिला फोरमले नेपालमा टेम्पो प्रदान गर्ने

ब्रसेल्स/ बेल्जियम

खाडी मूलूकबाट दुख पाएर फर्केका महीलाहरूलाई ५ ओटा टेम्पो प्रदान गरिने भयको छ | महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले एन आर एन ए महीलाहरूले प्रदान गर्ने भयका हुन् | पौरखी नेपाल कार्यक्रम मार्फत उक्त ५ ओटा टेम्पोहरु प्रदान गरिने छ |

एन आर एन बेल्जियमले १०६औ अन्तरास्ट्रिय नारि दिवसको अवसरमा आयोजित कार्यक्रममा एन आर एन वेल्जियम महीला फोरमको तर्फबाट पनि एउटा टेम्पो प्रदान गर्ने जानकारी दिइयको थियो | साथै बेल्जियम महिला फोरमको तर्फ देखि पौरखी नेपालको कार्यक्रमलाई बिभिन्न २७ जानाबाट आर्थिक सहयोग गरेका छन |

यसपालिको नारी दिवस ‘लैंगीक समानताका लागि पाईला हाराहारी, सन २०३० सम्म हीस्सा बराबरी’ भन्ने नाराका साथ मनाईयको थियो | एन आर एन वेल्जियमकी महीला संयोजक निर्मला बजगाई को संयोजकत्वमा सम्पन्न कार्यक्रमको संचालन कल्पना मगरले गरेकी  थिइन् |