राष्ट्रिय सहमतीय सरकार बन्नै सक्दैन: कांग्रेस नेता खाँण

815

राष्ट्रिय सहमतीय सरकार बन्नै सक्दैन: कांग्रेस नेता खाँण

 

 

बुटवल,।नेपाली काँग्रेसका युवा नेता बालकृष्ण खाँणले केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार बन्न नसक्ने बताएका छन् ।  ‘अहिलेका प्रधानमन्त्रीले जुन धारामा टेकेर सपथ खाएका छन् अब त्यहि धाराका नै टेकेर सहमतिय सरकार कसरी बन्ने ?’—उनले भने । महाधिवेशनपछि पहिलोपल्ट गृह जिल्ला रुपन्देही आएका बेला शनिबार बुटवलमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले अहिलेको सरकार कमजोर धरातलमा बनेको भन्दै ठूलो दलको नेतृत्वमा नै राष्ट्रिय सरकार गठन हुनुपर्ने जिकिर गरे । नेपालमा सरकार गठनको परिपाटिनै उल्टो भएको भन्दै उनले भने—‘जुन जुन ठूला दलहुन् सरकार उनीहरुको नेतृत्वमा हुनुपर्छ ,यहाँ त ठूला दल बाहिर, साना दलहरुको प्राबिधिक गठबन्धन कस्तो अचम्म ?’  ‘यसरी अप्राकृतिक रुपले बनेको सरकारले कस्तो रिजल्ट दिन्छ तपाइ आफै भन्नुस्’प्रधानमन्त्री जो भए पनि राष्ट्रिय सरकार बन्नुपर्ने बताए ।उनले अहिलेका सबै मन्त्रीहरु फेरिने सक्ने पनि उल्लेख गरे ।‘प्रधानमन्त्री चै मैले भन्दिन अरु सबै फेरिन सक्छन् ।’ संसदीय दलको नेता सभापति नै हुने बताएका छन् । संसदीय दलको नेता सभापति नै हुनुपर्ने उनको भनाइ छ । पार्टी सभापति नै संसदीय नेता ,देउवा निकट नेताको रुपमा चिनिएका खाँणले भने –‘प्रधानमन्त्री पार्टी सभापती हुंदा राम्रो हुन्छ, जसरी स्व. शुसिल दा आफै प्रधानमन्त्री, आफै सभापती हुनुभयो, त्यसरी काम गर्न सजिलो हुन्छ ।’ कांग्रेसमा संसदीय दलको नेता मात्रै प्रधानमन्त्री हुन पाउने प्रावधान छ ।विगतमा पार्टी सभापति एउटा र प्रधानमन्त्री हुँदा सरकार सञ्चालनमा बाधाहरु आएकाले पार्टी सभापती नै प्रधानमन्त्री हुनुपर्ने माग रहेको नेता खाणको भनाई छ । उनले काँग्रेसको महाधिवेशन सकिएलगतै राष्ट्रिय सरकार बन्ने समेत बताए ।