सुन राख्ने लकरमा १४ थान गोली भेटियो ,एमाओवादी सांसद लामा पक्राउ

651

सुन राख्ने लकरमा १४ थान गोली भेटियो ,एमाओवादी सांसद लामा पक्राउ

Larkyal-Lama-1 (1)

काठमाडौं । एकीकृत नेकपा माओवादी सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् ।अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो ।छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरलाई बताए । उनले भने, ‘बैंकमा रहेको लकर खोल्न ल्हाक्याललाई अख्तियारमा बोलाइएको थियो । तर, बैंकमा पुगेर उनको नाममा रहेको लकर खोल्दा सुनचाँदीको साटो गोली फेला पर्‍यो ।’गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ । उनलाई अहिले टेकु पुर्याइँदैछ ।लामालाई हातहतियार खरखजाना ऐन २०१९ अनुसार कारबाही अगाडि बढाउने गरी प्रहरीको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता पुस्करले बताए ।