घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको अधिवशेन

1.1K

घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको अधिवशेन

ghareluuबुटवल चैत । मुलुकको व्यापार घाटा कम गर्नका लागि निर्यातजन्य उद्योगमा लगानी गर्नुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । त्यसका लागि सरकारले विशेष कार्ययोजना ल्याउनुपर्ने उनीहरुको माग छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको आठौं अधिवेशन तथा उद्यमी भेलामा बोल्ने उद्योगी व्यवसायीहरुले उद्योग ऐन र औद्योगिक नीति उद्योगमैत्री नरहेको भन्दै उद्योग सञ्चालनका लागि स्थानीय निकायको सहयोग र सहभागिता जरुरी रहेको औंल्याएका छन् ।
कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्र उद्योग महासंघका केन्द्रीय अध्यक्ष तिलप्रसाद भट्टराईले नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि ४ हजार ४ सय रोपनी जग्गा प्रस्तावित गरिएको भन्दै अब सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाको कामलाई अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य नेत्र पाठकले सरकारको गलत औद्योगिक नीति र उद्योगीहरुलाई दिनुपर्ने सुविधाको नियमित आपूर्ति नहुँदा उद्योग व्यवसायलिे फड्को मार्न नसकेको बताउनुभयो ।
अव देशलाई आर्थिक रुपबाट समृद्ध गर्नका लागि उद्योग व्यवसायको विकासलाई नै आर्थिक विकासको सूचक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासंघ रुपन्देहीका अध्यक्ष कन्हैलाल कसौधनले दक्ष जनशक्ति वैदेशिक रोजगारका नाममा बाहिर नपठाउन, नियमित र सहजरुपमा कच्चा पदार्थ र उत्पादित स्वदेशी उत्पादनको खपतको व्यवस्था मिलाउन र नियमित विद्युत आपूर्तिका व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख दण्डपाणी भुसालले नेपालमा उद्योग समृद्धिको संयन्त्र बन्न नसकेको चर्चा गर्दै स्वदेशी उत्पादनको गुणस्तर प्रतिष्पर्धी नहुँदा उत्पादनले बजार समेत पाउन नसकेको बताउनुभयो ।
कम उत्पादनको लाईसेन्स लिएर क्षमता भन्दा बढी उत्पादन गर्ने प्रवृत्तिले औद्योगिक विकृती निम्तिने र यस्ता विकृती अन्त्यका लागि उद्योगी आफै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लामा सञ्चालित साना तथा घरेलु उद्योगको अवस्थाबारे आफू जानकार रहेको भन्दै उद्योगमा लगानी बढाउन र आफ्ना उत्पादनलाई प्रतिष्पर्धी बनाउन आग्रह गर्नुभयो ।
त्यस्तै रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीले नयाँ उद्योग स्थापनाका लागि उद्योगीहरुलाई आवश्यक परामर्श जरुरी रहेको उल्लेख गर्दै औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु बिडम्बना भएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज सुवेदी, केन्द्रिय सदस्य हरिहर थापा, तिलोत्तमा नगर विकास समितिका अध्यक्ष कृष्णबहादुर गौतम, लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष टोपबहादुर रायमाझी, घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका पुर्व अध्यक्ष चेतमान श्रेष्ठ, संस्थापक अध्यक्ष भुवन सुवेदी, महासंघ महिला समिति अध्यक्ष शान्ति शर्मा, महासंघका वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार धिताल, सचिव मञ्जु भुसाल, तिलोत्तमा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णप्रसाद शर्मालगायतले साना तथा घरेलु उद्योगका समस्याबारे चर्चा गर्नुभएको थियो ।