पेट्रोलियम पदार्थ चोरी प्रकरणः १९ गाडी मालिक र १७ चालकलाई अदालतकाे सफाइ

570

पेट्रोलियम पदार्थ चोरी प्रकरणः १९ गाडी मालिक र १७ चालकलाई अदालतकाे सफाइ

oilllबुटवल, रुपन्देहीको भलवाडी डिपोमा ल्याउने पेट्रोलियम पदार्थ भन्सार चोरी प्रकरणमा अभियोग लागेका ३६ जनालाई अदालतले सफाइ दिएको छ ।  अदालतले गाडी मालिक र चालकलाई पनि सफाई दिएको हो ।
रुपन्देही जिल्ला अदालतका मुख्य न्यायाधिश बाल चन्द शर्माको १ नम्वर बेन्चको इजलासले मगलवार गरेको फैसला अनुसार पेट्रोलियम पदार्थ भन्सार चोरी प्रकरणमा अभियोग लागेका तथा ढुवानी कर्र्ता भनि मुद्दा दायर गरिएका चोपनारायण श्रेष्ठ सहित १९ जना गाडी मालिक र १७ जना चालकलाई सफाई दिएको छ ।जिल्ला अदालत रुपन्दहीका नासु युवराज पन्थीका अनुसार भन्सार चोरी अभियोग लागेका चोप नारायण श्रेष्ठ , बालकृष्ण गैरे, प्रिया गुरुग, राम समुज खविन, रामचन्द्र अधिकारी हरि गोविन्द्र चौधरी, कुलानन्द्र पोखरेल लगायतका ३६ जनाले पेट्रोलियम पदार्थको भन्सार चोरी प्रकरणमा सफाई पाएका छन् ।