बुटवलको मिलनचोकमा भएको दुर्घटनामा चालकको मृत्यु

213

बुटवलको मिलनचोकमा भएको दुर्घटनामा चालकको मृत्यु

aaaa

बुटवल, रुपन्देहीको बुटवलमा भएको सवारी दुर्घटनामा आईतवार एकजनाको ज्यान गएको छ । आईतबार दिउँसो पौने १ बजेतिर बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा परि बुटवल उपमहानगरपालिका वडा नं. १६ का ४० वर्षिय हरी थापाको ज्यान गएको हो ।मिनलचोकबाट राजमार्ग चौराहतर्फ जाँदै गरेको लु. १ ख ५८५० नं. को ट्रकको ठक्करबाट सोहि दिशातर्फ जाँदै गरेको लु. २२ प १९८६ नं. को मोटरसाईकलमा सवार थापाको ज्यान गएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।ट्रकको चक्कामुनी टाउको चेपिन पुगेका थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।