बुटवल,चैत्र । लघु घरेलु तथा साना उद्यमीहरुको छाता संगठन घरेलु तथा सना उद्योग महासंघ नवलपरासीको१५ औँ साधारण सभा तथा ८ औँ जिल्ला अधिवेशन एवँ महिला उद्यमीहरुको जिल्ला भेला तथा तेस्रो सम्मेलन नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुले लघु घरेलु तथा साना उद्योगीहरुको प्रवद्र्धनमा जोड दिएका छन । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद गिरीले आत्मनिर्भरताको कुरा गर्ने तर स्वदेशका साना उद्योगीहरुले उत्पादन गरेका वस्तुको प्रयोग नगर्ने कार्यले साना उद्योगीहरु फस्टाउन नसकेको बताउनुभयो । घरेलु तथा साना उद्योग महासंघ नवलपरासीका अध्यक्ष उमानाथ पोख्रेरलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गुणनिधि तिवारी, घरेलु महासंघका केन्द्रीय सदस्य नेत्र पाठक, औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष तिलप्रसाद भटराई, नेकपा एमालेका संगठन विभाग प्रमुख थान प्रसाद गैरे, एकिकृत माओवादीका जिल्ला संयोजक भविश्वर तिवारी , राष्ट्रिय जनमोर्चाका अध्यक्ष उत्तम खरेल, नेकपा क्रान्तिकारी माओवादीका प्रेमप्रसाद रिमाल, नवलपरासीका स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेल, महिला तथा बालबालिका कार्यालयकी अधिकृत कमला ज्ञवाली, घरेलु तथा साना उद्योग महासंघका रुपन्देहि अध्यक्ष कन्हैयालाल कसौधन, जिल्ला लघु उद्यमी संघकी अध्यक्ष बुद्धिमाया सुनार, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने घरेलु तथा साना उद्योग महासंघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष राजकुमार रेश्मीm सचिव मेघराज गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनले आजै नयाँ कार्यसमिति पनि चयन गर्दैछ ।