एजेन्सी, मंगलबार बिहान बेल्जियमको राजधानी ब्रसेल्समा श्रृङ्खलावद्ध बिस्फोट भएका थिए। ब्रसेल्सको जावेन्टन विमानस्थलको प्रस्थान कक्ष्मा भएका दुई वटा बिस्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको थियाे। त्यसकाे १ घन्टापछि युरोपियन युनियनको मुख्यालय नजिकैको मेट्रो स्टेशनमा भएको बिस्फोटमा १५ जनाको ज्यान गएको पुष्टि भएकाे छ। दुबै बिस्फोटमा दर्जनौं घाइते भएका छन्। मृतकको संख्या एकिन भइसकेको छैन।बिस्फोटको जिम्मेवारी आधिकारिक रुपमा कसैले लिएको छैन। तर चारदिन अघि पेरिस आक्रमणमा मुख्य अभियुक्तलाई बेल्जियममा पक्राउ परेकाले मुस्लिम अतिवादी समूह आइएसको बिस्फोट हात हुन सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।