किन बनाइदै छ एन आर एनलाइ राजनैतिक अखडाको केन्द्रबिन्दु?

किन बनाइदै छ एन आर एनलाइ राजनैतिक  अखडाको केन्द्रबिन्दु?

बाला बिक /अस्ट्रिया

पहिलो र दोस्रो विश्व युद्धमा आफ्नो प्रसस्त भुभाग गुमाएर एउटा सानो देशमा स्थापित भएको थियो अस्ट्रिया । युद्धबाट ध्वस्त भएर पनि छोटो समयमा नै संसारको बिकसित तथा सु-सम्पन्न राष्ट्रको रुपमा स्थापित गर्न सफल भएको छ। जर्मन भाषा बोलिने यो देशमा ९० को दशक भन्दा पहिला देखिनै नेपालीहरुको आगमन भए पनि ९० को दशक पछी मात्र बस्न थालेको पाईन्छ । यहाँ नेपालीहरुको जनसंख्या यतिनै भनी भन्न सकिन्न तर पनि हजारको हाराहारीमा हुनु पर्नेमा सबैको अड्कल रहेको छ।

सबै भन्दा बढी नेपालीहरुको जनसंख्या राजधानि भियनामा रहेको छ भने अरु शहरहरु जस्तै साल्जबुर्ग, इन्सबुर्क, ग्राज, लीन्ज र वेल्स् मा पनि प्रसस्तै नेपालीहरुको बसोबस छ । कोही बिधार्थी बनेर आए, कोही शरणार्थि बनेर आए भने कोही कामकै शिलशिलामा आएको पाईन्छ र देशमा मौलाएको युद्ध , राजनीति स्थिरता र अबसरको कमीले गर्दा बिस्तारै यतै बस्न थालेका पाईन्छ।

नेपालीहरुको बढ्दो क्रमकै शिलशिलामा सन २००३ मा एन आर एनका सस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितीमा नै एन आर एन अस्ट्रिया गठन भएको थियो। नेपालीहरुको हकहितको लागि अगाडि बढेको यो संघले अहिले ६० भन्दा बढी देशहरुमा शाखा गठन गर्न सफल भएको छ । सुबिधा सम्पन्न राष्ट्र भए पनि यहाँको संघले नेपालीहरुको मन जित्न सकेको छैन | जुन दुर्भाग्यपूर्ण देखिन्छ | साथै आज एन आर एन अस्ट्रिया ओझेलमा परेको महशुश भैइरहेको छ।

६० भन्दा धेरै देशहरुमा संघलाई बिस्तार गर्न सफल र नेपाल सरकारसम्म पहुच पुर्याई सकेको यो सस्था किन यो अस्ट्रियामा ओझेलमा पर्‍यो ? को हुन ति जसले आज अस्ट्रियालाई ओझेलमा पारे ?
सर्बप्रथमत यसको जिम्मेवारी रास्ट्रिय कमिटिले नै लिनु पर्ने हुन्छ र उनीहरुलाई नै जान्छ । १३ बर्षको अस्ट्रियाको यात्रामा यहाको रास्ट्रिय कमिटीले आइसिसिको बिधी र बिधानलाई पछ्याउन सकेन । अन्तराष्ट्रिय सम्मेलनहरुमा उपस्थित न्युन भयो र नेतृत्वले आइसीबाट प्रशिक्षण पाउन सकेन । न त यसले केही गर्नु पर्छ भन्ने जिम्मेवारि लियो न त केही गर्नु पर्छ भन्ने पाठ सिक्यो | तर अस्ट्रियालाई ओझेलमा पार्नु एन आर एन केन्द्रको पनि उतिकै हात छ ।

विश्व भरी यती र उती शाखा खोलेर प्रचार र प्रसार गरे पनि स्वयम आइ सी सिलाइ लाई कहाँ के भइ राखेको छ भनेर अत्तोपत्तो समेत छैन | न त्यसको बारेमा थाहा नै पाउन चाहन्छ । कुन देशमा रास्ट्रिय कमिटि कस्तो छ र त्यहाँका नेतृत्वले के गरी राखेका छन भन्ने कुरा को जानकारी केन्द्रलाई वास्ता नै छैन । कतीपय देशहरुमा यो सस्थालाई लाई दुरुपयोग गरिएको छ | रास्ट्रिय कमिटीमा रहने ब्यक्तीहरुले नेपाली माथि शोषण गरेका छन | जुन पछिल्ला दिनहरुमा पोर्चुगल ,बेल्जियम जस्ता उदारहण बनेका छन । के एन आर एन आइसीसी तथा अनुशासन कमिटिले यस्को बारेमा कहिल्यै जान्ने वा बुझ्ने प्रयास गरेको छ ? पक्का पनि छैन | यदि भयको भय अहिले एन आर एन सस्था सबै देशहरुमा मागी खाने सस्था पक्का हुने थियन कि?विश्वको केही देश जहाँ नेपाली राजनीतिक र आर्थिक चहलपहल छ | हो त्यसैमा यो संघलाई रोमल्ने काम गरियको छ | अर्को तर्फ भन्नु पर्दा अहिले यो सस्था नेपाली राजनैतिक पार्टीहरुको भात्री संगठनहरुको छाता संगठन जस्तै बनेको छ | तर पनि सच्चा नेपालीहरुले राष्ट्रको निम्ती यसको अभियानमा पूर्ण साथ् दिई रहेका छन । जुन केहि हदसम्म यसको शाख बचाउने काम भयको छ |

अर्कोतर्फ अस्ट्रियाको भौगोलिग बातावरण नेपालसँग मिल्दो जुल्दो भएकै कारण यहाँका मानीसहरु र सरकारले नेपाल र नेपालीहरुलाई अती नै माया गर्दछन । नेपालमा गएको पछील्लो भुकम्पमा सहयोग स्वरुप धेरै रकम संकलन गर्न सक्नु पनि यही कारण हो । उक्त कार्यमा सम्पूर्ण अस्ट्रिया बासी नेपाली दाजुभाइ तथा दिदी बहिनिहरु र यहाँ भएका बिभिन्न संघ सस्थाहरुको उतिकै हात छ ।

एन आर एन अस्ट्रियाले अबै नेपालीलाई समेटेर लैजान नसकेको देखिन्छ | अस्ट्रियाको शाखाले सही बाटोमा लाग्न सक्यो भने नेपाल र नेपालीहरुको लागि धेरै अबसरहरु प्राप्त हुनेमा दुइमत छैन | तर यसको लागि एउटा बलियो एन आर एन अस्ट्रियाको खाँचो छ। आगामी २७ मार्चमा अस्ट्रियाको शाखाको अधिवेसन हुनगैरहेको छ | अधिबेसनलाई अस्ट्रियाबासी नेपालीहरुले चुनौती पूर्ण रुपले हेरी रहेका छन ।

अरु यूरोपको दाँजोमा मा हेर्ने हो भने अस्ट्रियाको एन आर एन धेरै पछाडी छ। यूरोपका अरु देशहरुको तुलनामा जानको लागि पछील्ला दिनहरुमा भयका कमजोरीलाई सुधार्नु जरुरि देखिन्छ | सबै मिलेर अस्ट्रियाको बलियो जग लगाउनु पर्ने बेला आयको छ | नेपालको जस्तो चुनाबी माहोल लाइ सकभर ल्याउने प्रयास नगरौ | यो सस्था प्रबाशी नेपालीहरुको एउटा साझा सस्था हो । यस् सस्थामा आएर सेवा गर्छु भन्ने भावना कसैमा छ भने राजनीतिक , धार्मिक तथा जातिय सोँच बाट माथि उठेर आउनु जरुरी हुन्छ।

तसर्थ आगामी २७ मा सम्पन्न हुने माहअधिबेसनले के साच्चै एउटा बलियो र बिशुद्ध नेत्रित्वको चयन् गर्न सक्नु पर्दछ | अस्ट्रियाबासि नेपालीहरुले बिगतको भन्दा बढी चासोको साथ यो अधिबेसनलाई हेरी रहेको अवस्थामा सबैले सक्षम र बिशुद्ध ब्यक्तिलाई चयन् गरी नेतृत्वमा पठाउनुपर्ने हुन्छ | जुन सबैमा एन आर एन प्रति रहेको गलत धारणा लाइ चिर्दै सकरात्मक भावना जगाउन सकोस | जसले गर्दा पछाडी परेको एन आर एन अस्ट्रिया शाखा लाइ शशक्त बनाउने अभियान र नेपालीहरुको हकहितको लागि उपलब्धिमुलक कार्य अगाडी बढाउनेछ |

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •