एमाओवादीले तत्काल सरकार छोड्दैन- मन्त्री गजुरेल

268

एमाओवादीले तत्काल सरकार छोड्दैन- मन्त्री  गजुरेल

 

aaaबुटवल । कृषि मन्त्री हरिबोल गजुरेलले एमाओवादीले तत्काल सरकार नछाड्ने बताएका छन । बुटवलमा आज क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै जनताका हितमा गर्नुपर्ने केही काममा ढिलाई भएको स्वीकार गर्दै भूकम्पपीडितलाई छिटै नै राहत दिन सरकार प्रतिबद्ध रहेको बताए ।

एमाओवादी प्रवक्ता दिनानाथ शर्माले हिजो नियमित पत्रकार सम्मेलनका क्रममा सरकार छाड्नसक्ने चेतावनी दिएको भोलिपल्ट एमाओवादी कोषाध्यक्ष समेत रहेका मन्त्री गजुरेलले यस्तो बताएका हुन । उनले हाँले सरकारले गरेका राम्रा कुरालाई बिर्सेर केही ढिलाईलाई मात्रै प्राथमिकता नदिन आग्रह गरे।

मन्त्री गजुरेलले चीनसँग सम्बन्ध विस्तारसँगै नेपालले अन्तरराष्ट्रिय सम्बन्धमा गुणात्मक फड्को मारेको बताए । उनले भारतसँग मात्रै निर्भर रहेको नेपालले स्वतन्त्र राष्ट्रको रुपमा चीनसँग सम्बन्ध विस्तार गरेको बताए ।

उनले सदियौंदेखि अन्यौलमा रहेको राष्ट्रिय स्वाधीनताका विषयमा सरकारले महत्वपूर्ण काम गरेको बताए । उनले कृषि क्षेत्रमा गर्नुपर्ने काम धेरै र बजेट थोरै भएकाले चाहेजति काम हुन नसकेको बताए।

‘हामीहरुले भाषणमा आर्थिक क्रान्ति र कृषि क्रान्तिका कुरा त गरेका छौं–उनले भने–तर सरकारी तर्फबाट जति हुनुपर्ने थियो त्यति हुनसकिरहेको छैन, एउटा त बजेटको कमी छ अर्को कुरा हाम्रो नेतृत्व नै कृषिलाई प्राथमिकता दिनुपर्छ भन्ने पक्षमा छैन ।’ पत्रकार सम्मेलन अध्यक्ष भुवन कार्कीको अध्यक्षता र सचिव मोहन न्यौपानेको सञ्चालनमा भएको थियो ।