भारत र अष्ट्रेलियाको आजको खेल मा फाईनल बराबरको टक्कर

344

भारत र अष्ट्रेलियाको आजको खेल मा फाईनल बराबरको टक्कर

imager

टी-२० को सेमीफाइनलमा पुग्ने चार मध्ये तीन टिमको टुंगो लागिसक्यो। वेस्टइण्डिज, इंग्ल्याण्डरर न्यूजिल्याण्ड यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोलीको टुंगो आज साँझ लाग्ने भएको छ। भारतको मोहालीमा भारत र अष्ट्रेलियाबीच हुने खेलले त्यसको फैसला गर्नेछ।

आज दुबै टिमका लागि गर या मर को स्थितिमा यो खेल हुनेछ। प्रतियोगितामा जसले जित्यो उही टोली अन्तिम चारमा प्रवेश गर्नेछ।

भारतले बंगलादेशमाथि १ रनको सनसनीपूर्ण जित निकालेको भोलिपल्ट शुक्रबार अस्ट्रेलियाले पाकिस्तानलाई २१ रनले हराएको थियो। दुवैले पछिल्लो खेलमा जित निकालेपछि सेमिफाइनलसम्भावना जीवित राखेका हुन्।

यो विश्वकपमा पछिल्लो दुई खेल लगातार जितेको अस्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो। न्युजिल्यान्ड लगातार तीन खेल जितेर अन्तिम खेलअघि नै सेमिफाइनल पुगिसकेको थियो। भारत पनि उद्घाटन खेलमा न्युजिल्यान्डसँग नै पराजित भएको हो। समूह २ को अन्तिम खेलअघि अंकतालिकामा समान ४ अंक भएपछि रनरेटका आधारमा अस्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छन्।

पहिलो संस्करणको विजेता भारतले पाकिस्तानलाई हराउँदै जारी विश्वकपमा फर्केको हो। त्यसपछि भने टोलीले बंगलादेशविरुद्ध सनसनीपूर्ण नतिजा निकाल्दै अन्तिम चारको सम्भावना बलियो बनाएको हो।

भारतीय मौसम विभागकका अनुसार भारत र अष्ट्रेलियाको खेल हुने उक्त मैदानमा आज वर्षा हुने सम्भावाना छ। यदि आजको खेल वर्षाले प्रभावित भएर अनिर्णित भएमा रन रेटका आधारमा अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्नेछ।

अष्ट्रेलिया र भारतले आफ्ना तीनमध्ये २-२ खेल जितेका छन्। यद्यपी रनरेटका आधारमा अष्ट्रेलिया भारतभन्दा अगाडि छ।