सिद्धार्थ गौतमबुद्धमा नेबिसंघ गुल्मी सम्पर्क समिति गठन

906

सिद्धार्थ गौतमबुद्धमा नेबिसंघ गुल्मी सम्पर्क समिति गठन

12910189_1567632166899282_1407520481_nराम भण्डारी
बुटवल, बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नेपाल बिद्यार्थि संघ गुल्मी सम्पर्क समितिको गठन भएको छ । गुल्मेलीहरु बिचको एकता र सद्भाबलाइ अझै प्रगाढ बनाउने उद्धेश्य सहित पहिलोपटक गठित २६ सदसियय समितिको सभापतिमा दीपक अर्याल रहेका छन्

उपसभापतिमा राम भण्डारी,नेत्र पोखरेल र सरिता गौतम,सचिबमा पिताम्बर अर्याल,सहसचिबमा अनिल भण्डारी र बसुन्धरा पेमी मगर त्यस्तै कोषाध्यक्षमा बिबेक भुसाल रहेका छन् ।सदस्यहरुमा भने सारदा पौडेल, लक्ष्मी अर्याल, बन्दना भुसाल, बिष्णु सिंजाली,बिशाल अर्याल, शारदा पुरी लगायत रहेका छन् ।

नेबिसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस मूल इकाइका सभापति महेश शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बिद्यार्थि संघ गुल्मी सम्पर्क समिति बुटवल बहुमखि क्याम्पसका सभापति ऋषिराम भण्डारी, नेबिसंघ बुटवल बहुमुखि–प्युठान सचिब बिष्णु खनाल, नेबिसंघ बुटवल–प्युठान सदस्य बिपिन बुढामगर, सल्लाहकार कृष्ण खनाल नेबिसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस मूल इकाइका उपसभापति अर्जुन खत्री, सदस्य बसुन्धरा पेमी लगायतले बोलेका थिए । समितिले एक आपसमा भाइचारा अभिबृद्धि गर्दै सामाजिक सेवा पनि गर्ने जनाएको छ ।